आइतबार, पुस १३, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • विश्व बजारमा दीपल ईभीले पार गर्‍यो ५ लाख युनिटको आँकडा

विश्व बजारमा दीपल ईभीले पार गर्‍यो ५ लाख युनिटको आँकडा

 |  आइतबार, असार १, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, असार १, २०८२

काठमाडौं- चाङ्गन अटोमोबाइल अन्तर्गतको न्यु इनर्जी भेहिकल ब्रान्ड दीपल ईभीको डेलिभरी विश्वभर पाँच लाख युनिट पार गरेको छ। गएको मे महिनामा मात्र दीपलका २५ हजार पाँच ५२१ युटिन ईभी बिक्री भएका थिए। जुन गत वर्ष मे महिनाको तुलनामा ७८ प्रतिशतले बढी हो भने यो वर्षको अप्रिलको तुलनामा २७ प्रतिशतले बढी हो। 

National life

हाल दीपल ब्रान्ड अन्तर्गत एसएल०३, एस०७, जी३१८, एल०७, एस०५ र एस०९ गरी पाँच मोडलको बिक्री वितरण भइरहेको छ। यसमध्यै दीपल ए०९ औपचारिक रूपमा गएको २२ मेमा सार्वजनिक भएको थियो। 

६ सिट भएको ठुलो आकारको एसयूभी दीपल एस०९ पाँच ओटा ट्रिममा उपलब्ध छ। एस०९ हार्मोनी स्पेस ५ स्मार्ट ककपिट सिस्टम भएको पहिलो कार हो। 

यसमा १६:९ एस्पेक्ट रेसियो २१.४ इन्चको ३के सिलिङ माउन्टेड रियर इन्टरटेन्मेन्ट सिस्टम छ। जसलाई ० देखि ७५ डिग्रीसम्म टिल्ट गर्न सकिन्छ। इन्फोटेन्मेन्ट सिस्टममा डाइनामिक पानारोमिक साउन्ड, किड्स एक्सक्लुसिभ असिस्टेन्ट, कस्टमाइजेबल सिन ब्लक्स र स्पासियल म्याजिक क्युब फङ्क्सन पनि रहेको छ। 

साथै यसमा ह्वावेको कियान कुन इन्टेलिजेन्ट एडीएस ३.३ ड्राइभिङ असिस्टेन्ट सिस्टम रहेको छ। दीपलले यो वर्षको अन्त्यसम्ममा एस०९ मा एडीएस४ अपग्रेड गर्ने बताएको छ। डब्लूईडब्लूए आर्किटेक्चरमा बन्ने नयाँ एडीएस४ सिस्टममा इन्ड टु इन्ड लेटेन्सी ५० प्रतिशत, ट्राफिक इफिसेन्सी २० प्रतिशतले बढाउनुका साथै हार्ड ब्रेकिङ फ्रिक्वेन्सी ३० प्रतिशतले घटाउने छ।

Laxmi sunrise bank
kumari

दीपलले आउँदो वर्ष चीनमा तीन सय ओटा नयाँ एक्सपिरियन्स सेन्टर बनाउने योजना बनाएको छ। दक्षिणपूर्व एसिया र मध्य पूर्व बजारमा प्रवेश गरिसकेको दीपलले यो वर्ष युरोपमा प्रवेशमा पाएको छ। 

गत मेमा आयोजना भएको दीपल ब्रान्ड नाइटमा कम्पनीका सीईओ डेङ्ग चेन्घाओले स्मार्ट लिड २०३० विश्व नीति सार्वजनिक गरेका थिए। जसमा सन् २०३० सम्ममा विश्वभर २० लाख कार विक्री गर्ने लक्ष्य लिइएको छ। यो योजना अन्तर्गत चाङ्गनले ३० ओटा नयाँ मोडेल सार्वजनिक गर्नेछ।

प्रकाशित: Jun 15, 2025| 12:09 आइतबार, असार १, २०८२
प्रतिक्रिया दिनुहोस्