आइतबार, पुस १३, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • लक्ष्मी सनराइज बैंकले सार्वजनिक गर्‍यो कार्बन उत्सर्जन प्रतिवेदन

लक्ष्मी सनराइज बैंकले सार्वजनिक गर्‍यो कार्बन उत्सर्जन प्रतिवेदन

 |  आइतबार, असार १, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, असार १, २०८२

काठमाडौं- लक्ष्मी सनराइज बैंकले आर्थिक वर्ष २०८०/८१ को कार्बन उत्सर्जन प्रतिवेदन सार्वजनिक गरेको छ।

National life

बैंकको वातावरण संरक्षणप्रति प्रतिबद्धता र जलवायु पारदर्शितामा जोड दिने उद्देश्यले सार्वजनिक गरिएको यो प्रतिवेदनले दिगोपनतर्फको बैंकको रणनीतिक यात्रालाई थप स्पष्ट बनाएको जनाइएको छ।

बैंकले कार्बन एकाउन्टिङ फाइनान्सियल (पीसीएफ) विधि अनुसार तयार पारेको प्रतिवेदनमा ऋण पोर्टफोलियोसँग सम्बन्धित कार्बन फुटप्रिन्टको परिमाण विश्लेषण गरिएको छ।

प्रतिवेदन अनुसार सन् २०२३/२४ मा कुल २ लाख २ हजार १३ टन सीओ२ बराबर टीसीओ२ई कार्बन उत्सर्जन भएको उल्लेख छ। पोटिफोर्लयो अनुसार व्यापार कर्जामा १ लाख ९० हजार २ सय ९३ टन सीओटुई, परियोजना वित्त (जलविद्युत् बाहेक) ७ सया ५ टन सीओटुई, गाडी कर्जा १ हजार ५ सय २८ टन सीओटुई र घर कर्जा ९ हजार ४ सय ८५ टन सीओटुई उत्सर्जन भएको छ।

त्यसैगरी बैंकले जलविद्युत परियोजनामा गरेको लगानीबाट २० हजार ३ सय ४७ टन सीओ२ई बराबरको कार्बन उत्सर्जन न्यूनीकरणमा योगदान पुगेको पनि प्रतिवेदनमा उल्लेख छ। यसले नवीकरणीय ऊर्जा समाधानप्रति बैंकको प्रतिबद्धता बलियो बनाएको छ।

Laxmi sunrise bank
kumari

जलवायु संकट सामना गर्न बैंकले चालु आव ‘मिसन १०,०००’ (मिसन १०के) अभियान अन्तर्गत वृक्षारोपणको महत्त्वाकांक्षी योजना अघि सारेको छ। हालसम्म अभियान अन्तर्गत ७ हजार ५ सयभन्दा बढी रुख रोपिइसकेको बैंकले जनाएको छ। बाँकी वृक्षारोपण कार्य आगामी महिनामा सम्पन्न गरिने छ।

सन् २०४५ सम्ममा नेपालको नेट शून्य उत्सर्जन लक्ष्यमा योगदान पुर्‍याउने उद्देश्यले बैंकले ग्रिन फाइनान्स, ऊर्जा–दक्ष कर्जा र थ्रिआर अवधारणा अनुरूप आफ्ना सेवा र आन्तरिक प्रणाली सुधार गर्दै आएको छ।

भविष्यमा बैंकले अन्य कर्जा वर्ग पनि समेटेर कार्बन मापनको दायरा विस्तार गर्ने जनाएको छ, जसले बैंकको पारदर्शिता र जवाफदेहितामा थप सुधार ल्याउने अपेक्षा गरिएको छ।

प्रकाशित: Jun 15, 2025| 12:06 आइतबार, असार १, २०८२
प्रतिक्रिया दिनुहोस्