आइतबार, पुस १३, २०८२

क्रेस्ट माइक्रो लाइफको साधारणसभा

 |  आइतबार, असार १, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, असार १, २०८२

काठमाडौं- क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ। कम्पनीले शुक्रबार कम्पनीको रजिस्टर्ड कार्यालय, सुर्खेतमा सफलतापूर्वक सम्पन्न गरेको हो। 

National life

सभाको प्रारम्भमा प्रमुख कार्यकारी अधिकृत प्रतापमान श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्दै संस्थाको हालको प्रगति तथा भावी योजनाहरूको संक्षिप्त जानकारी दिएका थिए। त्यसपछि सभामा सञ्चालक समितिका अध्यक्ष ऋषिराज मोरले आफ्नो मन्तव्यसहित कम्पनीको दोस्रो वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

सभाबाट विभिन्न महत्वपूर्ण प्रस्तावहरू सर्वसम्मतरूपमा पारित गरिएका छन्। सञ्चालक समितिको प्रतिवेदनमाथि सभामा उपस्थित सेयरधनीहरूले सकारात्मक अभिव्यक्ति दिँदै प्रतिवेदनलाई सर्वसम्मतरूपमा पारित गरिएको छ। त्यसैगरी लेखापरीक्षकको प्रतिवेदनसहित २०८१ असार मसान्तको वासलात, आव २०८०-०८१ को नाफा-नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरूलाई छलफलपश्चात् सर्वसम्मतरूपमा पारित गरिएको छ। 

आर्थिक वर्ष २०८१/०८२ का लागि बाह्य लेखापरीक्षकको रूपमा जेएन उपाध्याय एन्ड कम्पनीलाई नियुक्त गर्ने निर्णय समेत सभाबाट पारित गरिएको छ। त्यस्तै, सभाले समूह ‘ख’ अन्तर्गत सर्वसाधारण सेयरधनीहरूको तर्फबाट सञ्चालकमा ईश्वरलाल श्रेष्ठ र श्रीमती सुनिता महर्जनलाई निर्विरोध निर्वाचित गरेको छ।

सभाको समापनमा संस्थाका अध्यक्ष ऋषिराज मोरले नव निर्वाचित सञ्चालकहरूलाई बधाईज्ञापन गर्दै उपस्थित सम्पूर्ण सेयरधनी, नियामक निकायका प्रतिनिधि तथा अतिथिहरूप्रति आभार व्यक्त गरे। उनले कम्पनीको भविष्यतर्फ केन्द्रित रणनीतिहरू र संस्थागत सुशासनमा प्रतिबद्धता दोहोर्‍याउँदै सभा बिसर्जनको घोषणा गरेका थिए।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jun 15, 2025| 12:02 आइतबार, असार १, २०८२
प्रतिक्रिया दिनुहोस्