शनिबार, वैशाख १९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एकैदिन तोलामा ४२ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार?

एकैदिन तोलामा ४२ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार?

 |  शुक्रबार, जेठ ३०, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ३०, २०८२

National life

काठमाडौं- गत मङ्गलबारदेखि अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ। बिहीबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु चार हजार २०० ले वृद्धि भएको छभने चाँदीमा रु १५ ले बढोत्तरी भएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु एक लाख ९७ हजार १०० कायम भएको छ भने एक तोला चाँदी रु दुई हजार १६५ मा कारोबार भइरहेको छ। 
    
गत मङ्गलबार एक तोला सुन रु एक लाख ९० हजार तथा सोही परिमाणको चाँदी रु दुई हजार १६५ मा कारोबार भएको थियो। 

अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ४२७ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

प्रकाशित: Jun 13, 2025| 13:48 शुक्रबार, जेठ ३०, २०८२
प्रतिक्रिया दिनुहोस्