काठमाडौं- सुनचाँदी व्यवसायीहरू पसल बन्द गरेर आन्दोलनमा उत्रिएका छन्। बिहीबार नेपाल सुन चाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ, नेपाल हस्तकला महासंघ र देशभरका संघहरूले व्यवसाय बन्द गरेर विरोध जनाएका हुन्।
व्यवसायीहरूले सुनमा लगाइएको दुई प्रतिशत विलासिता कर र बहुमूल्य हिरा पत्थरमा १३ प्रतिशत भ्याट खारेज गर्नुपर्ने माग गरेका छन्। यसैगरी सुनचाँदीको कारोबारको लागि व्यवसायीमैत्री एवं उपभोक्तामुखी प्रष्ट नीति निर्माण गर्नुपर्ने माग उनीहरुले गरेका छन्।