शुक्रबार, असार ५, २०८३

नेप्से परिसूचक र कारोबार रकम दुवै बढ्यो

 |  मंगलबार, जेठ २७, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २७, २०८२

काठमाडौं- मंगलबार नेप्से परिसूचक बढेको छ। आज नेप्से परिसूचक २५.०७ अंकले बढेर २६७८.१७ विन्दुमा पुगेको हो।

National life

नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ। सोमबार ८ अर्ब ६८ करोडको सेयर खरिदबिक्री भएकोमा आज १० अर्ब १६ करोड ९ लाख ८१ हजार रुपैयाँबराबरको २ करोड ३६ लाख ९७ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

आज दुई स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। पियोर इनर्जी र श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। 

कारोबार रकमका आधारमा आज हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको संस्थापक सेयर शीर्ष स्थानमा रहेको छ। 

आज १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ५.१२ प्रतिशत बढेको छ। त्यसैगरी, होटल तथा पर्यटन, जीवन बीमा, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

Shivam cement

प्रकाशित: Jun 10, 2025| 15:32 मंगलबार, जेठ २७, २०८२
प्रतिक्रिया दिनुहोस्