आइतबार, पुस १३, २०८२

एकै महिनामा भित्रियो १ खर्ब ६५ अर्ब रेमिट्यान्स

 |  मंगलबार, जेठ २७, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २७, २०८२

काठमाडौं- चालु आर्थिक वर्षको दश महिनासम्म १३ खर्ब ५६ अर्ब ६१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो १३.९ प्रतिशत बढी हो। 

National life

गत वर्षको १० महिनामा रेमिट्यान्स आप्रवाह १६.९ प्रतिशतले बढेको थियो। वैशाख महिनामा मात्र १ खर्ब ६५ अर्ब ३० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। मासिक रेमिट्यान्समा यो हालसम्मकै उच्च हो।

गएको १० महिनामा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १०.५ प्रतिशतले वृद्धि भई ९ अर्ब ९६ करोड पुगेको छ । गत वर्ष यस्तो आप्रवाह १४.८ प्रतिशतले बढेको थियो ।

यो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४ लाख ५ हजार ६ सय १० र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ८० हजार ३ सय १४ रहेको छ । गत वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३ लाख ७३ हजार ३ सय ७ र २ लाख ३६ हजार ३ सय ९८ थियो ।

प्रकाशित: Jun 10, 2025| 13:05 मंगलबार, जेठ २७, २०८२
प्रतिक्रिया दिनुहोस्