आइतबार, पुस १३, २०८२

नेप्से २३.१९ अंकले बढ्यो, ८ अर्ब ६८ करोडको कारोबार

 |  सोमबार, जेठ २६, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २६, २०८२

काठमाडौं- सेयर बजार परिसूचक नेप्से आज २३.९३ अंकले बढेर २६५३.०९ बिन्दुमा उक्लिएको छ।

National life

आज दिनभर ८ अर्ब ६८ करोड ९३ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ। 

पछिल्ला ४ कारोबार दिनदेखि घटिरहेको नेप्से आज भने बढेर बन्द भएको हो। नेप्से बढ्दा दोस्रो बजारका लगानीकर्ताहरु जलविद्युत र अन्य उपसमूहका कम्पनीहरुमा आकर्षित भएका छन्। 

आज १३ उपसमूहमध्ये यी दुई उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ। जलविद्युत उपसमूहको परिसूचक २.३५ प्रतिशत र अन्य उपसमूहको परिसूचक २.६३ प्रतिशत बढेको छ। 

८३ जलविद्युत कम्पनी र अन्य उपसमूहका ६ कम्पनीको सेयर मूल्य बढेसँगै यी दुई उपसमूहको परिसूचक उच्च दरमा बढ्न पुगेको हो। 

Laxmi sunrise bank
kumari

शीर्ष १० कम्पनीहरुको सूचीमा अधिकांश जलविद्युत कम्पनीहरु रहेका छन्। मकर जितुमाया सुरी हाइड्रोपावर, पियोर इनर्जी, दोल्ती पावर कम्पनी र विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, बुटवल पावर कम्पनी र माया खोला हाइड्रोपावरको सेयर मूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ। 

कारोबारमा आएको सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य सर्वाधिक ७.४७ प्रतिशत घटेको छ।

प्रकाशित: Jun 09, 2025| 15:10 सोमबार, जेठ २६, २०८२
प्रतिक्रिया दिनुहोस्