आइतबार, पुस १३, २०८२

भोजपुरको वाक्चाखामा 'जाल्पादेवी गुराँस पदमार्ग' निर्माण

 |  आइतबार, जेठ २५, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २५, २०८२

भोजपुर- यहाँको दक्षिणी क्षेत्रमा अवस्थित रामप्रसादराई गाउँपालिका-८ खोक्सिकको वाक्चाखामा ‘जाल्पादेवी गुराँस पदमार्ग’ निर्माण गरिएको छ। यहाँ धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने लक्ष्यले पदमार्ग निर्माण थालिएको हो।

National life

रामप्रसादराई-८ का वडाध्यक्ष बाचकुमार राईका अनु्सार यस क्षेत्रको संरक्षण तथा विकास गर्दै पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने उद्देश्यले सात लाख रूपैयाँ लागतमा करिब आठसय मिटर पदमार्ग निर्माण गरिएको हो।

यहाँ वडा र नेपाल जलवायु अनुकूलन कार्यक्रमको बजेटबाट पदमार्ग निर्माणको थालनी गरिएको छ। यो स्थानलाई यहाँको मुख्य पर्यटकीय गन्तव्य बनाउने योजनाका साथ काम भइरहेको छ। यो क्षेत्र प्राकृतिक हिसाब निकै सुन्दर भएकाले यो क्षेत्रलाई मुख्य पर्यटकीय गन्तव्य बनाउने हाम्रो लक्ष्य छ।

यो पदमार्गलाई विस्तार गरेर आमचोक गाउँपालिकामा रहेको ग्रेट मुन्दुम पदमार्गसम्म पुर्‍याउने लक्ष्य रहेको अध्यक्ष राईले बताए। पदमार्ग निर्माणको काम दुई खण्डमा भइरहेको छ। दोस्रो खण्डअन्तर्गत भञ्याङ शङ्खेश्वरीमा पनि पदमार्ग निर्माण गरिएको छ। शङ्खेश्वरीमा निर्माण भइरहेको पदमार्गलाई पनि भावी दिनमा यो पदमार्गसँग जोड्ने सोच रहेको उनको भनाइ छ।

यहाँ पदमार्ग निर्माणले आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्ने स्थानीयवासी दिककुमार जोगीले बताए। यो क्षेत्रमा गुराँस राम्रो फुल्ने भएकाले आन्तरिक पर्यटक आउने उनको भनाइ छ। यो पदमार्गको आसपासमा धेरै नै गुराँस पाइने उनले बताए।

Laxmi sunrise bank
kumari

'यो धार्मिक तथा पर्यटकीय क्षेत्रको संरक्षण हुन सकेको थिएन, अहिले पदमार्ग निर्माणको थालनीपछि यहाँ आउने पर्यटकको सङ्ख्या बढ्दै गएको छ। यसले यहाँको विकासमा टेवा पुग्ने आशा लिएका छौँ', उनले भने।

वडाले यहाँको पर्यटकीय क्षेत्रको विकासका लागि थालेको काम राम्रो रहेको स्थानीयवासी महेन्द्र राईले बताए। यस क्षेत्रमा रहेको गुराँस संरक्षणको काम गरिरहेको उनको भनाइ छ। 'यो पदमार्गको मुख्य आकर्षण गुराँस हो, हामीले यहाँको गुराँस संरक्षण गरिरहेका छौँ। यहाँबाट विभिन्न हिमशृङ्खलाको एकसाथ अवलोकन गर्न सकिन्छ', उनले भने। रासस

प्रकाशित: Jun 08, 2025| 18:01 आइतबार, जेठ २५, २०८२
प्रतिक्रिया दिनुहोस्