शुक्रबार, असार ५, २०८३

नेपालमै पहिलोपल्टक लिंग परिवर्तनको शल्यक्रिया

 |  आइतबार, जेठ २५, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २५, २०८२

काठमाडौं-  त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा नेपालमै पहिलोपटक सफलतापूर्वक लिंग परिवर्तनसम्बन्धी शल्यक्रिया भएको छ।

National life

जनकपुरका निवासी २५ वर्षीया एक पारलैंगिक (ट्रान्सजेन्डर) व्यक्तिमा पुरुषको लिंगको तन्तुहरूलाई चाहिने मात्रामा उपयोग गरेर महिलाको जननेन्द्रिय अंगको पुनःनिर्माण गरिएको हो।

अस्पतालको प्लास्टिक सर्जरी विभागद्वारा यही जेठ १२ देखि १५ गतेसम्म पारलैंगिक समुदायका लागि आयोजित विभिन्न प्रकारका शल्यक्रियामा उक्त शल्यक्रिया पनि गरिएको हो। त्यस अवसरमा अनुहार तथा स्तनको पनि शल्यक्रिया गरिएको थियो।

अस्पतालका प्रवक्ता तथा सह प्राडा गोपाल सेढाइँले अब यो सेवा नेपालमै नियमित रूपमा उपलब्ध हुने भएकाले विदेश जानुपर्ने बाध्यता नहरेको बताए। उनले भने, 'लिंग परिवर्तन जस्तो संवेदनशील र जटिल शल्यक्रिया धेरै खर्चिलो हुने कारणले हाल नेपालमै यो सुविधा उपलब्ध भएपछि पारलैंगिक समुदायलाई धेरै राहत मिल्नेछ। यसले पारलैंगिक समुदायलाई आफ्नो लैंगिक पहिचानको पूर्ति गर्न एक महत्वपूर्ण उपाय हुनेछ।'

शल्यक्रियामा विदेशी प्लास्टिक सर्जन डा एलिजा हामीडियन जाह्रोमीको नेतृत्व तथा विभागीय प्रमुख प्राडा जयनमान श्रेष्ठको संयोजनमा सम्पूर्ण प्लास्टिक सर्जरी तथा एनेस्थेसिया टिमको सहभागिता रहेको थियो।

Shivam cement

डा जयनमान श्रेष्ठका अनुसार अबदेखि त्रिवि शिक्षण अस्पतालमा ‘जेन्डर अफर्मिङ यिक्लनिक’स्थापनासहित यस्ता सेवा नियमित रूपमा प्रदान गरिनेछ। 

प्रकाशित: Jun 08, 2025| 14:39 आइतबार, जेठ २५, २०८२
प्रतिक्रिया दिनुहोस्