काठमाडौं- सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिले आज विरोध प्रदर्शन गरेको छ ।
सरकारले आगामी बजेटबाट सुनको गहनामा दुई प्रतिशत विलासी कर र हिराका गहना भ्याट प्रणालीमा लैजाने घोषणा गरेपछि व्यवसायी विरोधमा उत्रिएका हुन्।
दुवै व्यवस्था फिर्ता हुनुपर्ने माग उनीहरुको छ। उनीहरुले उपभोक्ता कर्मचारी र कालिगढ तथा व्यवसायी मैत्री ऐन जारी गर्न पनि माग गरेका छन् ।