आइतबार, जेठ २५, २०८२

जलेको अवस्थामा युवतीको शव फेला

 |  आइतबार, जेठ २५, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २५, २०८२

vianetvianet

पन्देहीको सम्मरीमाई गाउँपालिकामा एक युवती जलेको अवस्थामा मृत भेटिएकी छन् ।

गाउँपालिकाको वडा नम्बर ५ स्थित मर्चवार क्षेत्रमा २२ वर्षीया सृजना पाल जलेको अवस्थामा आइतबार बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

छिमेकीले राति साढे १ बजेतिर खेतमा आगोको मुस्लो देखेपछि प्रहरीलाई खबर गरेका थिए। मुस्लोमा शव रहेको स्थानीयले बताएका थिए।

खबर पाएपछि जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोली बिहान २ बजे त्यहाँ पुगेको थियो। मृतकका श्रीमान् र परिवारका सदस्यसहित स्थानीयलाई सोधपुछका लागि बोलाइएको प्रहरीले बताएको छ।

प्रकाशित: Jun 08, 2025| 10:07 आइतबार, जेठ २५, २०८२
प्रतिक्रिया दिनुहोस्