शनिबार, असोज १०, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • उदयपुरमा गुणस्तरहीन पाउरोटी उत्पादन गर्ने फ्याक्ट्रीलाई दश हजार रूपैयाँ जरिवाना

उदयपुरमा गुणस्तरहीन पाउरोटी उत्पादन गर्ने फ्याक्ट्रीलाई दश हजार रूपैयाँ जरिवाना

 |  शुक्रबार, जेठ २३, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २३, २०८२

उदयपुर- त्रियुगा नगरपालिका-५ देउरीमा सञ्चालित एक उद्योगलाई मापदण्डविपरीतका गतिविधि गरेको भन्दै स्थानीय प्रशासनले जरिवाना गरेको छ।

जिल्ला प्रशासन कार्यालयले गुणस्तरहीन पाउरोटी उत्पादन गरेको कसुरमा उदयपुर बेकरीलाई १० दश हजार रूपैयाँ जरिवाना गरेको हो।

उद्योगमा सधैँ सरसफाइ कायम राख्न र गुणस्तरयुक्त वस्तुमात्र उत्पादनमा प्रयोग गर्न निर्देशन दिँदै जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा बिहीबार गएको अनुगमन टोलीले नसिहतसहित उक्त रकम जरिवाना गराएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले बताए। रासस

प्रकाशित: Jun 06, 2025| 16:01 शुक्रबार, जेठ २३, २०८२
प्रतिक्रिया दिनुहोस्