शनिबार, असोज १०, २०८३

सप्तरीमा डाका समूहद्वारा लुटपाटसँगै एकको हत्या

 |  शुक्रबार, जेठ २३, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २३, २०८२

सप्तरी- डाकाको एक समूहले  सुरुङगा नगरपालिका– ८ को एक घरमा लुटपाट गर्नाका साथै एक जनाको हत्यासमेत गरेको छ। 

बिहीबार राति डाकाको एक समूहले  कान्तलाल चौधरीको घरमा प्रवेश गरी धनमाल लुटेको तथा निजको हत्यासमेत गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिए।  डाकाको आक्रमणमा परी चौधरीका भाइ रमाकान्त घाइते भएका छन्। 

चौधरीको घरबाट सुनचाँदीका गरगहना र नगद लुटिएको जनाउँदै प्रहरीले डाकाहरूको खोजी भइरहेको बताएको छ। 

प्रकाशित: Jun 06, 2025| 09:15 शुक्रबार, जेठ २३, २०८२
प्रतिक्रिया दिनुहोस्