शुक्रबार, असार ५, २०८३

वकिलहरुसँग छलफल गरेपछि माधव नेपालले भने- नबिराउनु नडराउनु

 |  बिहीबार, जेठ २२, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २२, २०८२

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विशेष अदालतमा भ्रष्टाचार मुद्दा पर्दैमा आफूलाई डर नलागेको बताएका छन्।

National life

बिहीबार साँझ पार्टीका नेता र वकिलहरूसँग आलोकनगरस्थित पार्टी कार्यालयमा परामर्श गरेपछि सञ्चाकर्मीलाई प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन्।

गल्ती नगरेकाले डर नलागेको नेपालले बताए। ‘एउटा मान्यता छ मेरो ‘नबिराउनू नडराउनू। यो मुद्दा राजनीतिक प्रतिशोधका लागि यो आएको हो,’ उनले भने।

अध्यक्ष नेपालले आफूले कुनै भ्रष्टाचार नगरेको पनि बताए। ‘मैले भ्रष्टाचार गरेको छैन, चुनौतीका साथ भन्छु म। राजनीतिक प्रतिशोध गर्न, बदला लिन गरिएको निर्णयविरुद्ध राजनीतिक र कानुनी दुवै लडाइँ लड्छु,' उनले भने।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आजमात्रे काभ्रेस्थित पतञ्जलि योगपिठका लागि खरिद जग्गा बिक्री प्रकरणमा नेपालसहित ९३ जनालाई भ्रष्टाचार मुद्दा दायर गरेको छ। नेपालसँग १८ करोड ५८ लाख रुपैयाँ बिगो मागदाबी गरिएको छ।

Shivam cement

प्रकाशित: Jun 05, 2025| 20:02 बिहीबार, जेठ २२, २०८२
प्रतिक्रिया दिनुहोस्