आइतबार, पुस १३, २०८२

भ्रष्टाचार गर्नेलाई जनताले नांगेझार पार्नुपर्छ: सुवाल

 |  बिहीबार, जेठ २२, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २२, २०८२

काठमाडौं- नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भ्रष्टाचार गर्नेहरूलाई जनताले टुँडिखेलमा उभ्याउनुपर्ने बताएका छन्। 

National life

बिहीबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। सरकारमा गएर भ्रष्टाचार गर्ने र त्यसैले जनतालाई भोज खुवाएर पुनः चुनाव जित्ने अनि फेरि सरकारमा आएर भ्रष्टाचार गर्ने काम भइरहेको उनले टिप्पणी गरे।

देशको सार्वजनिक ऋण २७ खर्ब पुगेको भन्दै उनले नेपालीलाई ऋण बोकाएर घिउभात खानेहरूलाई कानुनको दायरामा ल्याउनुपर्ने बताए।

गिरिबन्धु, भिजिट भिसा, सुन काण्ड, नक्कली भुटानी शरणार्थी सबैमा संलग्नलाई जनताले नांगेझार बनाउनुपर्ने उनले बताए।

प्रकाशित: Jun 05, 2025| 19:09 बिहीबार, जेठ २२, २०८२
प्रतिक्रिया दिनुहोस्