सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • टाटा कर्भ ईभीमा काठमाडौंदेखि कन्याकुमारीसम्म यात्रा

टाटा कर्भ ईभीमा काठमाडौंदेखि कन्याकुमारीसम्म यात्रा

 |  बिहीबार, जेठ २२, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २२, २०८२

काठमाडौं- टाटाको ईभी गाडी कर्भ लिएर दुई युवा काठमाडौंदेखि दक्षिण भारतको अन्तिम बिन्दु कन्याकुमारीसम्मको यात्रामा निस्किएका छन्।

टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले बिहीबार वातावरण दिवसको अवसर पारेर थापाथलीस्थित टाटा शोरुमबाट उनीहरुलाई बिदाइ गरेको छ।

टाटा कर्भमा अवाशिष ओझा र विजय कसजु काठमाडौंबाट कन्याकुमारी प्रस्थान गरेका हुन्। टाटा कर्भ ईभी ५५ किलोवाट आवर ब्याट्री भएको गाडी हो। कन्याकुमारीतर्फ लाग्नुअघि ओझाले बाटोका हिसाबले र दक्षिण भारत ठाउँका हिसाबले अनौठो नभए पनि विद्युतीय कारमा पहिलोपटक जान लागेकाले केही फरक अनुभव हुने बताए। यात्राको अद्यावधिक विवरणहरू सामाजिक सञ्जालहरूमा सेयर गरिने र यात्राका क्रममा चार्जिङ सुविधा, गाडीको प्रदर्शन तथा मानिसको प्रतिक्रिया पनि संकलन गरिनेछ।

प्रकाशित: Jun 05, 2025| 17:14 बिहीबार, जेठ २२, २०८२
प्रतिक्रिया दिनुहोस्