शुक्रबार, असार ५, २०८३

फोनपे र एभरेष्ट बैंकबीच सहकार्य

 |  बिहीबार, जेठ २२, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २२, २०८२

काठमाडौं- नेपालको अग्रणी डिजिटल भुक्तानी नेटवर्क फोनपेले एभरेस्ट बैंकसँग सहकार्य गर्दै ‘एभरेस्ट फोनपे क्रेडिट कार्ड’ सुरु गरेको छ।

National life

जुन अहिले प्रयोगकर्ताहरूका लागि उपलब्ध छ। फोनपे क्रेडिट कार्ड स्किमअन्तर्गतको यो नवप्रवर्तनात्मक सेवा पूर्ण रूपमा भर्चुअल रहेकाे उल्लेख गर्दै कम्पनीले एभरेस्ट बैंकको मोबाइल बैंकिङ एप “ईबीएल टच २४.” मार्फत सहज रूपमा पहुँचयोग्य रहेको बताएको छ। 

यस कार्डले प्रयोगकर्ताहरूलाई अझ सहजता र नियन्त्रण दिने लक्ष्य लिएको कम्पनीले जनाएकाे छ। ग्राहकहरु अब देशभर रहेका फोनपे क्यूआर व्यापारीहरूमा सजिलै स्क्यान गरी भुक्तानी गर्न सक्नेछन्। 

यस कार्डले पारम्परिक क्रेडिट सुविधाहरू-जस्तै ब्याजरहित अवधिहरूलाई आधुनिक क्यूआर–आधारित कारोबारसँग जोडेर प्रयोगकर्तालाई थप सुविधा दिएको कम्पनीको भनाइ छ। 

“एभरेस्ट बैंक पनि अब हाम्रो यात्रामा सहभागी भएपछि हामी निकै उत्साहित छौँ,” फोनपेका प्रमुख कार्यकारी अधकिृत दिवस कुमारले भने।   कम्पनीका अनुसार सिटिजन्स बैंकसँगको सफल सुरुवातपछिको यो दोस्रो चरण हो। जहाँ एभरेस्ट बैंकले आफ्नो एभरेस्ट फोनपे क्रेडिट कार्ड सुरु गरेको छ।

Shivam cement

प्रकाशित: Jun 05, 2025| 17:12 बिहीबार, जेठ २२, २०८२
प्रतिक्रिया दिनुहोस्