आइतबार, पुस १३, २०८२

दिउँसो एक बजे डाकिएको संसद् बैठक पाँच बज्दा पनि बस्न सकेन

 |  बिहीबार, जेठ २२, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २२, २०८२

काठमाडौं- आज दिउँसो एक बजेका लागि डाकिएको प्रतिनिधि सभाको बैठक साँझको ५ बज्न लाग्दा पनि बस्न सकेको छैन। दलहरुबीच सहमति नजुट्दा बैठक सुरु हुन नसकेको हो।

National life

एक बजे बस्न नसकेपछि बैठक साढे तीन बजेलाई सारिएको थियो। बैठक सारेर दलहरु छलफलमा जुटेका थिए।

अर्थमन्त्रीले जेठ १५ मा बजेट प्रस्तुत गरेयता संसद् बैठक बस्न सकेको छैन। संसद्‍को अवरोध खुलाउन नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरूबीच आज पनि छलफल भएको थियो। दुई दलका नेताहरूबीचको छलफल बिना निष्कर्ष टुंगिएको छ।

छलफलमा कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र प्रमुख सचेतक श्याम घिमिरे सहभागी थिए भने रास्वपाबाट उपसभापति स्वर्णिम वाग्ले र प्रमुख सचेतक सन्तोष परियार सहभागी थिए।

भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समिति बन्नुपर्ने रास्वपाको अडान छ। त्यसमा माओवादीसहित विपक्षी दलहरुको साथ छ। सत्ता पक्ष भने गृहमन्त्रीले सदनमा बोल्न पाउनुपर्ने र कुनै समिति नबनाउने पक्षमा छ।

Laxmi sunrise bank
kumari

संसद्को अवरोध हटाउन सभामुख देवराज घिमिरेले पनि प्रयास गरिरहेका छन्। उनले दलका प्रमुख सचेतक तथा सचेतकहरूसँग छलफल जारी राखेका छन्।
 

प्रकाशित: Jun 05, 2025| 16:59 बिहीबार, जेठ २२, २०८२
प्रतिक्रिया दिनुहोस्