शनिबार, वैशाख १९, २०८३

मनोज ज्ञवाली नबिल बैंकको सीईओ नियुक्त

 |  बिहीबार, जेठ २२, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २२, २०८२

काठमाडौं- नबिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मनोजकुमार ज्ञवाली नियुक्त भएका छन्।   

National life

बिहीबार बसेको सञ्चालक समिति बैठकले ज्ञवालीलाई चार वर्षका लागि बैंकको प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो।

ज्ञवाली यसअघि कायममुकायम सीईओको भूमिकामा थिए।  ज्ञवालीले नेपाल राष्ट्र बैंकलगायत विभिन्न वाणिज्य बैंकको व्यवस्थापन तहमा नेतृत्वदायी भूमिकामा रहेर काम गरिसकेका छन्।

सीएसमेत रहेका ज्ञवालीसँग बैंकिङ क्षेत्रमा काम गरेको २६ वर्ष लामो अनुभव छ। 

यस्तै, नायब महाप्रबन्धक आदर्श बजगाईंलाई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरिएको छ। प्रमुख कानुन विभागका भिष्म न्यौपानेलाई कम्पनी सचिवको जिम्मेवारी बैठकले दिएको छ। 

नबिल बैंकले २४ लाखभन्दा बढी सेवाग्राहीलाई देशभरिका २६८ शाखा र ३२० एटीएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित: Jun 05, 2025| 16:44 बिहीबार, जेठ २२, २०८२
प्रतिक्रिया दिनुहोस्