आइतबार, पुस १३, २०८२

धानको बीउ बेचेर स्याङ्जाका किसानले कमाए ९० लाख

 |  बिहीबार, जेठ २२, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २२, २०८२

वालिङ- स्याङ्जाका किसान धानको बीउ बिक्रीबाट ९० लाख रूपैयाँभन्दा बढी आम्दानी गर्न सफल भएका छन्। नेपाल सरकारबाट सिफारिस भएका विभिन्न उन्नत जातका धानको बीउ बिक्रीबाट यहाँका किसान राम्रो आम्दानी गर्न सफल भएका हुन्।

National life

नेपाल सरकारले बनाएको विद्युतीय बीउ व्यवस्थापन प्रणाली (डेसिस)मार्फत स्याङ्जाका किसानले उत्पादन गरेको बीउ स्याङ्जा तथा बाहिरी जिल्लामा बिक्री गरिएको हो। वालिङ नगरपालिका-१ यवादीमा रहेको कृषि विकास स्रोत केन्द्रका प्रमुख सुदीप रेग्मीका अनुसार डेसिस प्रणालीमार्फत ११५ टन उन्नत जातका धानको बीउ बिक्री भएको हो।

'गण्डकी प्रदेशका ११ वटै जिल्ला कार्यक्षेत्र रहेको यस कार्यालयले पछिल्लो समय खाद्यान्न तथा तरकारी बालीका विभिन्न मुल बीउको परीक्षण तथा उत्पादन गर्दै आएको छ', उनले भने, 'यस कार्यालयले उत्पादन गरेका मुल बीउ किसानलाई उपलब्ध गराउने र किसानले उत्पादन गरेका उन्नत बीउको बिक्रीका लागि समन्वय गर्दै आइरहेको छ।'

स्याङ्जामा बीउ उत्पादनका लागि सूचीकृत भएका २२ समूह, सहकारी तथा फर्म रहेका छन्। सूचीकृत समूह तथा सहकारीले धान, गहुँ, मकै, आलु लगायतका उन्नत बीउ उत्पादन गर्दै आएका छन्। यस वर्ष जिल्लामा सूचीकृत भएकामध्ये १५ समूह सहकारीले रामधान, सावित्री, सावा मन्सुली, हर्दिनाथ जस्ता उन्नत जातका ११५ टन बढी धानको बीउ बिक्री गरेका उनले बताए।

स्याङ्जाबाट स्याङ्जाका स्थानीय तहहरुसहित तनहुँ, कास्की र नवलपुरका स्थानीय तहमा डेसिस प्रणालीमार्फत बिक्री गरिएको हो। स्याङ्जाबाट बिक्री भएको धानको बीउमध्ये ८० प्रतिशत रामधान, १५ प्रतिशत सावित्री र पाँच प्रतिशत सावा मन्सुली रहेको उनले बताए।

Laxmi sunrise bank
kumari

'जिल्लाका विभिन्न स्थानमा रहेका समूह सहकारीले उन्नत धानको बीउ उत्पादन गर्नुहुन्छ', उनले भने, 'विभिन्न प्रक्रिया पूरा भइ प्रमाणीकरण भएका बीउ बिक्रीका लागि किसानले डेसिस प्रणालीमा अपलोड गर्नुहुन्छ, सोही आधारमा ब्व्यवसायीको खोजी गरी बिक्री गर्छौँ।'

किसानले डेसिस प्रणालीमार्फत बीउ बिक्री गर्दा प्रतिकिलोको छुट्टाछुट्टै मूल्य निर्धारण गरिएको छ। सोही प्रणालीमार्फत बिक्री गरेका आधारमा प्रोत्साहन रकम उपलब्ध गराउँदै आएको उनले बताए।

रामधान प्रतिकिलो ६८ रूपैयाँ, सावित्री प्रतिकिलो ६२, खुमल प्रजाति तथा बासमतिको प्रतिकिलो ९८ रूपैयाँ निर्धारण गरिएको छ। धान बिक्रीपश्चात किसानलाई रामधानमा प्रतिकिलो २२ रूपैयाँ, सावित्रीमा प्रतिकिलो १७ र खुमल तथा बासमतिमा प्रतिकिलो २८ रूपैयाँ प्रोत्साहनस्वरुप उपलब्ध गराइने उनले बताए। रासस

प्रकाशित: Jun 05, 2025| 18:31 बिहीबार, जेठ २२, २०८२
प्रतिक्रिया दिनुहोस्