शनिबार, जेठ २४, २०८२

धादिङ र तनहुँमा अंगुरबाट बनाइन्छ वाइन

 |  बिहीबार, जेठ २२, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २२, २०८२

vianetvianet

तनहुँ- यहाँको घिरिङ गाउँपालिका-४ स्थित बाह्रबिसेमा गत वर्षदेखि करिब ७० रोपनी क्षेत्रफलमा व्यावसायिक अंगुरखेती गरिएको छ। घिरिङ भाइनएड एन्ड रिसर्च सेन्टर कम्पनीले खेती सुरु गरेको हो।

कम्पनीले स्विट्जरल्यान्डबाट प्रतिबिरुवा ७ सय रूपैयाँदेखि एक हजार रूपैयाँसम्म खर्च गरेर गत वर्षदेखि खेती सुरु गरेको उद्यमी एवं सञ्चालक कुमार कार्कीले जानकारी दिए। 'पहिलो वर्ष करिब नौ हजार ५ सय बिरुवा रोपेका थियौँ। धादिङमा ३८ करोड ५० लाख रूपैयाँ र तनहुँमा डेढ करोड गरी ४० करोड रूपैयाँ लगानी गरिसकेको छु', उनले भने।

यहाँ यस वर्ष पनि अंगुर फलेर टिप्ने कार्य सुरु भइसकेको छ। उत्पादित अंगुर तनहुँ, पोखरा, काठमाडौंलगायत क्षेत्रबाट व्यवसायी फार्ममा आएर लैजाने गरेको उद्यमी कुमार कार्कीले जानकारी दिए। उनले भने, 'पहिलो वर्ष १८ लाख मूल्य बराबरको अंगुर उत्पादन भएको थियो, यस वर्ष पनि सोही अनुपातमा उत्पादन हुने अपेक्षा गरेका छौँ।'

कार्कीका अनुसार फार्ममा हाल २०/२२ प्रजातिका अंगुर छन्। त्यसमध्ये केही खानका लागि त केही वाइन बनाउनका लागि प्रयोग हुन्छन्। खाने अंगुर प्रतिकिलोग्राम ३५० रूपैयाँ र वाइन बनाउने प्रतिकिलो २५० रूपैयाँमा बिक्री गर्ने गरिएको छ। हाल दैनिक १०/१२ जना जनशक्ति अंगुर टिप्नका लागि खटाइएका छन्।

फार्ममा रहेका २०/२२ प्रजातिका अंगुर परीक्षणका लागि खेती गरिएकामध्ये करिब १० प्रजाति उत्पादनमा राम्रो भएको कार्कीले जानकारी दिए।

National life insurance

सोही कम्पनीले धादिङबाट भाइएड वाइनरी नामक वाइनसमेत उत्पादन गरिरहेको छ। कम्पनीको वार्षिक तीन लाख लिटर वाइन उत्पादन गर्ने क्षमता रहेको छ। प्रति ७५० एमएलको वाइनतर्फ तीन प्रकारका वाइन उत्पादन गरिएका र ती प्रतिबोतल एक हजार २ सय रूपैयाँमा बिक्रीका लागि बजारमा ल्याइएका व्यवसायी कार्कीले बताए।

धादिङको थाक्रे गाउँपालिकामा समेत विगत १५ वर्षदेखि १५० रोपनीमा व्यावसायिक अंगुरखेती गर्दै आएको उनले बताए। वाइनका लागि अंगुर प्रशोधनलगायत उत्पादन उद्योगसमेत सोही स्थानमा स्थापना गरिएको छ। विशेषगरी जुस, वाइन तथा खानाका लागि अंगुरखेती गरिएको कार्कीको भनाइ छ।

अंगुरको बोट रोपेको एक वर्षमा फल दिन सुरु गर्छ भने पहिलो वर्षमा प्रतिबोट तीनदेखि चार केजी उत्पादन हुने गरेको छ। चैत/बैशाखमा फूल फुलेसँगै करिब तीन महिनामा फल टिप्न तयार हुने गरेको छ। मासिक घाँस कटाइ, बिरुवा गोडमेल, मल तथा अन्य व्यवस्थापकीय काममा स्थानीयहरूले पनि काम पाएका छन्। यसका लागि ज्यालादारीमा कामदार खटाउने गरिएको कार्कीले बताए।

विगतदेखि नै पर्यटन क्षेत्रमा काम गरिरहेकाले कृषि क्षेत्रमा नयाँ काम गर्ने ध्येयले यस खेतीतर्फ आकर्षित भएको उनले सुनाए। धादिङमा भएको फार्मका लागि बागमती प्रदेश बिग फार्म नामक कार्यक्रम शीर्षकमा नेपाल सरकारबाट ५५ लाख रूपैयाँ बराबरको अनुदान दिएपछि काम गर्न थप हौसला मिलेको कृषक कार्कीले बताए।

'यो मेरो नयाँ पेसा पनि हो, लामो अध्ययन अनुसन्धानपछि यसका लागेको छु। हालसम्म राम्रै भइरहेको छ। यहाँ आउने धेरैले आहा! कति राम्रो अंगुरखेती भनेर प्रशंसा पनि गर्छन्। सरकारले पनि अनुदान सहयोग गरेर थप हौसला प्रदान गरेको छ', उनले भने। रासस

प्रकाशित: Jun 05, 2025| 17:31 बिहीबार, जेठ २२, २०८२
प्रतिक्रिया दिनुहोस्

थप समाचार

बाढीको डरले घर छाड्दै

बाढीको डरले घर छाड्दै

तीन तिर जोगबुडा नदी र अर्कोतर्फ महाकाली नदीले घेरेको दोधारा चाँदनीको टापुको बस्ती कुतियाकवर हरेक वर्ष बाढीबाट प्रभावित हुँदै आएको छ।