आइतबार, पुस १३, २०८२

बालाजुको पौडीपोखरी सबैका लागि खुला, कति लाग्छ शुल्क ?

 |  बिहीबार, जेठ २२, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २२, २०८२

काठमाडौं- बालाजु पौडीपोखरी सर्वसाधारणका लागि खुला भएको छ। काठमाडौं महानगरपालिकाले मर्मत गरी पोखरी खुला गरेको हो।

National life

२०७२ सालको भूकम्पले पोखरीको संरचना चर्किएपछि पानी चुहिन थालेको थियो। त्यसपछि पोखरीको पुनर्निर्माण गरिएको थियो। २०८० चैत १९ गते पुनर्निर्माण सम्पन्न भएको थियो।

पौडीका लागि पूरा शुल्क २०० रुपैयाँ निर्धारण गरिएको छ। मासिक सदस्यता लिएर सेवा लिनेका लागि ४ हजार रुपैयाँ तोकिएको छ। सिजनल सदस्यका लागि १२ हजार रुपैयाँ तोकिएको छ।

विद्यार्थीहरूलाई छुटसहित १५० रुपैयाँ तोकिएको छ। २० जनाभन्दा धेरै विद्यार्थीको समूहका लागि प्रतिव्यक्ति १३० रुपैयाँ लाग्नेछ। लकर सुविधा लिएबापत थप ५० रुपैयाँ लाग्नेछ।
 

प्रकाशित: Jun 05, 2025| 13:15 बिहीबार, जेठ २२, २०८२
प्रतिक्रिया दिनुहोस्