शुक्रबार, असार ५, २०८३

झापामा सवारी दुर्घटनामा एक जनाको मृत्यु

 |  बिहीबार, जेठ २२, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २२, २०८२
National life
Shivam cement

झापा- दमक–७ पूर्वपश्चिम राजमार्गमा बुधबार साँझ यात्रुबाहक बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ। 

दमकबाट केर्खातर्फ जाँदै गरेको मे१ख ३०२७ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको प्र ०१–०२–०५२ प २२११ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक मिलन थापा गम्भीर घाइते भएका थिए। उपचारका लागि आर्य न्यूरो अस्पताल विराटनगर लगिएकामा निजको उपचारका क्रममा मृत्यु भएको झापा जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जानकारी दिए। 

दुर्घटनापछि बस चालक झापाको गौरादह–४ बस्ने सरकार टुडु र दुवै सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: Jun 05, 2025| 07:34 बिहीबार, जेठ २२, २०८२
प्रतिक्रिया दिनुहोस्