आइतबार, पुस १३, २०८२

विपद् कोषमा चार अर्ब ६५ करोड मौज्दात

 |  बुधबार, जेठ २१, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २१, २०८२

काठमाडौं- सरकारले विपद व्यवस्थापन कोषमा चार अर्ब ६५ करोड २४ लाख मौज्दात रहेको जानाएकाे छ। गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका निमित्त कार्यकारी प्रमुख बन्धुप्रसाद बाँस्तोलाले विपदको समयमा आपतकालीन अवस्थाका लागि प्रयोग गर्न सकिने गरी उक्त रकम मौज्दात रहेको बताएका हुन्।

National life

उनका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ८९ करोड २९ लाख, केन्द्रीय विपद व्यवस्थापन कोषमा एक अर्ब २७ करोड ४७ लाख, प्रदेश विपद व्यवस्थापन कोषमा ७९ करोड ४१ लाख रुपैयाँ मौज्दात छ।

त्यस्तै कोशीमा ६ करोड ९० लाख, मधेसमा ११ करोड ७८ लाख, बागमतीमा सात करोड ५८ लाख, गण्डकीमा २५ करोड रुपैयाँ छ। लुम्बिनीमा ६ करोड ५० लाख, कर्णालीमा ९ करोड ५२ लाख र सुदुरपश्चिम प्रदेशमा ११ करोड ८९ लाख रुपैयाँ मौज्दात रहेको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका निमित्त कार्यकारी प्रमुख बाँस्तोलाले ७७ वटै जिल्लाका कोषमा ६९ करोड पाँच लाख मौज्दात रहेको जानकारी दिए। प्राधिकरणले यसवर्षको मनसुन पूर्वतयारी तथा प्रतिकर्याका लागि आवश्यक तयारी तीव्र गरिएको र विभिन्न निकायलाई जिम्मेवारीसमेत तोकेको उनकाे भनाइ छ।

निमित्त कार्यकारी प्रमुख बाँस्तोला भन्छन्, ‘सबै क्लष्टरलाई आपतकालीन अस्वथाका लागि पूर्णतयारीसहित जिम्मेवारी तोकिसकिएको छ। विपदका घटना भइहाले तत्काल परिचालन हुनेगरी तयारीका सबै काम भएको छ। कोषमा मौज्दात रहेको रकम आपतकालीन अवस्थामा आवश्यकता अनुसार तत्काल परिचालन हुने उनले बताए। रासस 

Laxmi sunrise bank
kumari

प्रकाशित: Jun 04, 2025| 18:31 बुधबार, जेठ २१, २०८२
प्रतिक्रिया दिनुहोस्