शुक्रबार, जेठ २३, २०८२

बाढीले हाइड्रोपावरको बाँध बगायो

 |  बुधबार, जेठ २१, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २१, २०८२

vianetvianet

सङ्खुवासभा- अविरल वर्षासँगै आएको बाढीले सङ्खुवासभाको भोटखोला गाउँपालिका-४ स्थित वाङखोलामा रहेको माइक्रो हाइड्रोपावरको बाँध बगाएको छ।

बुधबार भोटखोलाको गोलामा रहेको ८ किलोवाट क्षमताको उक्त साना जलविद्युत आयोजनाको मुख्य मुहान बाढीले पूर्णरूपमा क्षतिग्रस्त गरेको हो।

प्रहरीका अनुसार बाँध बगाउँदा करिब ३३ लाख बराबरको क्षति भएको अनुमान गरिएको छ। घटना विकट भेगमा परेकाले प्रहरी टोली पैदलमार्ग हुँदै घटनास्थल पुगिसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।

सदरमुकाम खाँदबारीबाट घटनास्थल पुग्न दुई दिन लाग्ने भएकाले थप विवरण संकलनमा केही समय लाग्ने बस्नेतकाे भनाइ छ। क्षतिको थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।    रासस 

प्रकाशित: Jun 04, 2025| 17:01 बुधबार, जेठ २१, २०८२
प्रतिक्रिया दिनुहोस्