शनिबार, वैशाख १९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नेपाल-केन्या सम्बन्ध सुदृढ बनाउने प्रतिबद्धता, काठमाडौंमा अवैतनिक दूतावास स्थापना

नेपाल-केन्या सम्बन्ध सुदृढ बनाउने प्रतिबद्धता, काठमाडौंमा अवैतनिक दूतावास स्थापना

 |  बुधबार, जेठ २१, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २१, २०८२

काठमाडौं- केन्याका राजदूत उच्च्युक्त पिटर मैना मून्यीरीले नेपालका लागि गणतन्त्र केन्याका अवैतनिक वाणिज्यदूत चन्द्र टण्डनको उपस्थितीमा  गत सोमबार राष्ट्रपति कार्यालय शितल निवासमा नेपालका राष्ट्रपति राम चन्द्र पौडेललाई आफ्नो ओहोदाको प्रमाण पत्र प्रस्तुत गरेका छन्। 

National life

सोही दिन राजदूत उच्च्युक्त पिटर मैना मून्यीरीद्वारा कमलादीस्थित सिटी एक्सप्रेस कम्प्लेक्सको चौथो तल्लामा अवस्थित गणतन्त्र केन्याको अवैतनिक दूतावास कार्यालयको उद्घाटन पनि गरिएको छ। 

नेपालका लागि गणतन्त्र केन्याका अवैतनिक वाणिज्यदूत चन्द्र टण्डनद्वारा आयोजित बिशेष समारोहमा उनककै अध्यक्षतामा दुबै देश बिचको ब्यापार प्रवर्द्धनका साथै संस्कृतिक तथा अन्य विविध छेत्रमा सहकार्य विस्तारमा काम गर्ने प्रतिबद्धता जनाइएको थियो।

नेपालका लागि गणतन्त्र केन्याका अवैतनिक वाणिज्यदूत चन्द्र टण्डन सिटी एक्सप्रेस मनि ट्रान्सफरका संस्थापक पनि हुन्।   

प्रकाशित: Jun 04, 2025| 13:18 बुधबार, जेठ २१, २०८२
प्रतिक्रिया दिनुहोस्