शुक्रबार, असार ५, २०८३

१ हजार ५ सय मिटर उचाइको स्याङ्जाको चराङ गाउँमा स्याउ फल्यो

 |  मंगलबार, जेठ २०, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २०, २०८२

स्याङ्जा- भीरकोट नगरपालिका-९ चराङ गहतेमा स्याउ उत्पादन थालिएको छ। यहाँ दुई वर्ष अगाडि परीक्षणका लागि स्याउ लगाउन सुरु गरिएको थियो।

National life

भीरकोट-९ का वडा सदस्यसमेत रहेका चराङ गहतेका ललित गुरुङ र ईमानप्रसाद गुरुङले परीक्षणका लागि लगाएको स्याउ यसवर्ष लटरम्म फलेको छ। ‘दुई वर्ष अघि स्याउका बेर्ना किनेर परीक्षणका लागि लगायौँ’ ललितले भने, ‘फल्छ की फल्दैन भन्ने अन्योल थियो। अहिले लटरम्म फलेको छ।’

गत वर्ष ५-७ दाना मात्र फलेको उनकाे भनाइ छ। स्याउका लागि यहाँको हावापानी अनुकुल रहेको पाइएको छ। समुद्री सतहदेखि झण्डै एक हजार ५ सय मिटर उचाइमा रहेको चराङ गहतेमा परीक्षणका लागि लगाइएको स्याउले राम्रो उत्पादन दिन थालेपछि अब व्यावसायिक रुपमा स्याउ उत्पादन गर्न थालेको उनले बताए।

‘अब स्याउका बेर्ना ल्याएर व्यावसायिकरुपमा अगाडि बढ्ने तयारीमा छौँ’ ललितले भने। स्याउको यावसायिक उत्पादनबारे कृषि प्राविधिकसँग समन्वय छलफल गरिरहेको पनि उनले जानकारी दिए। चराङ गहतेमा स्याउ उत्पादन सफल भएसँगै अहिले त्यहाँका स्थानीय खाली रहेका जमिनमा व्यावसायिक रुपमा  स्याउ खेती गर्नेतर्फ आकर्षित हुन थालेका छन्।

तर, कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख विनोद हमाल भने यसबारे जानकारी प्राप्त नभएको बताउँछन्। ‘उत्पादन भएको स्याउको गुणस्तर पत्ता लगाउँदै छौँ’ उनले भने। रासस 

Shivam cement

प्रकाशित: Jun 03, 2025| 16:31 मंगलबार, जेठ २०, २०८२
प्रतिक्रिया दिनुहोस्