आइतबार, पुस १३, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • अनुमतिभन्दा बढी बेड सञ्चालनले राप्ती प्रादेशिक अस्पतालमा समस्या

अनुमतिभन्दा बढी बेड सञ्चालनले राप्ती प्रादेशिक अस्पतालमा समस्या

 |  मंगलबार, जेठ २०, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २०, २०८२

तुलसीपुर- दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालले ५० शय्याको अनुमति भए पनि १४४ शय्या सञ्चालन गरिरहेको छ। विक्रम संवत् २०६५ मा अस्पतालले ५० शय्याको अनुमति पाएको हो।

National life

तत्कालीन अवस्थामा बिरामीको चाप पनि न्यून हुने, सेवा पनि सीमित हुँदा त्यसले सेवा प्रवाहमा सहजता नै थियो। तर, बिरामीको चाप पनि बढेको र सेवा पनि थपिँदै जाँदा शय्या थप्नुपर्ने बाध्यता रहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा पदमराज अधिकारीले बताए।

“हाम्रो दरबन्दी ५० शय्याकै छ”, उनले भने, “तर, हामीले १४४ शय्याको सञ्चालन गरेका छौँ, यसले हामीलाई निकै भार थपेको छ।” अहिले अस्पतालमा कन्सलटेन्ट डाक्टरको दरबन्दी १४ जनाको हो तर, शय्या थपसँगै १८ जना चिकित्सकले काम गरिरहेको उनले बताए।

स्थायी कन्सल्टेन्ट चिकित्सक ११ जना रहेको र बाँकी सातजना करारमा नियुक्त गरिएको डा अधिकारीले बताए। त्यस्तै मेडिकल अफिसर सात जनाको दरबन्दी हो। तर, अहिले स्थायी छ र १८ जना करारमा नियुक्त गरी २४ जना बनाइएको छ। जम्मा ७२ जना चिकित्सक, स्टाफ नर्स तथा कर्मचारीको दरबन्दी रहेकामा हाल अस्पताल विकास समितिको निर्णयअनुसार २३५ जना राखिएको उनले बताए।

यसरी अस्पताल विकास समितिलाई पनि भार पर्ने अवस्थासमेत आएको र ५० शय्याको मात्रै संरचना तथा दरबन्दी हुँदा निकै आलोचना खेप्नु परेको डा अधिकारीको भनाइ छ। दुई सय शय्या बनाउनका लागि धेरै पहल भए पनि त्यसको काम अघि बढ्न नसकेको भन्दै यसलाई पूर्णता दिनतर्फ लाग्ने अस्पताल विकास समितिका अध्यक्ष महेन्द्रराज लामिछानेले बताए।

Laxmi sunrise bank
kumari

“अस्पतालमा बिरामीको चाप बढिरहेको छ, धेरैले रेफर अस्पताल भनेर गुनासो पनि गर्नुहुन्छ”, उनले भने, “यसलाई सुधार गर्न तर्फ म लागिरहेको छु।” आगामी आर्थिक वर्षमा २०० शय्याको स्वीकृति हुने गरि बजेट पनि आउने कुरामा आफू ढुक्क रहेको अध्यक्ष लामिछानेले बताए। अस्पताललाई २०० शय्या बनाउनुपर्ने आवाज चौतर्फी उठिरहेको छ। रासस

प्रकाशित: Jun 03, 2025| 18:01 मंगलबार, जेठ २०, २०८२
प्रतिक्रिया दिनुहोस्