सोमबार, असोज १२, २०८३

झापामा करेन्ट लागेर जंगली हात्तीको मृत्यु

 |  मंगलबार, जेठ २०, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २०, २०८२

भद्रपुर- यहाँस्थित कमल गाउँपालिका–३ रतुवामाई जङ्गलमा विद्युतप्रवाह चुहावट (करेन्ट) हुँदा जङ्गली हात्तीको मृत्यु भएको छ।

डिभिजन वन कार्यालयका वन अधिकृत जीवन पाठकका अनुसार गए राति हात्तीले विद्युत् पोलमा धक्का दिँदा पोलमा जोडिएको विद्युत् तार खस्दा हात्तीको घटनास्थलै मृत्यु भएको हो। उनले करेन्टबाट हात्तीको सुँड र एउटा दाँत जलेका अवस्थामा भेटिएको जानकारी दिए।  डिभिजन वन कार्यालयबाट प्राविधिक टोली खटिएको वन अधिकृत पाठकले बताए।

प्रकाशित: Jun 03, 2025| 09:23 मंगलबार, जेठ २०, २०८२
प्रतिक्रिया दिनुहोस्