सोमबार, असोज १२, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • सीमावर्ती क्षेत्रमा कोभिड देखिएपछि वीरगञ्ज नाकामा सतर्कता अपनाइँदै

सीमावर्ती क्षेत्रमा कोभिड देखिएपछि वीरगञ्ज नाकामा सतर्कता अपनाइँदै

 |  मंगलबार, जेठ २०, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २०, २०८२

पर्सा- छिमेकी मुलुक भारतमा कोभिडका सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएसँगै सीमावर्ती बजार वीरगञ्जमा पनि सतर्कता अपनाउन थालिएको छ। भारतबाट स्थलमार्ग र रेल्वेमार्ग हुँदै वीरगञ्ज प्रवेश गर्ने यात्रुमाथि स्वास्थ्य जाँच गर्न थालिएको हो।

पर्साको जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिको यही जेठ १५ गते बसेको बैठकले कोभिडको सम्भावित जोखिमलाई मध्यनजर गर्दै सीमानाकामा स्वास्थ्य जाँचलाई प्रभावकारी बनाउने निर्णय गरेको छ।

वीरगञ्ज महानगरका प्रमुख राजेशमानसिंह वीरगञ्ज नाकामा स्थापना गरिएको सहायता कक्ष (हेल्थ डेस्क)को सोमबार निरीक्षण गर्दै छिमेकी मुलुक भारतमा कोभिडका सङ्क्रमितको वृद्धि भएकाले नाका प्रदेशमा सतर्कता अपनाउन जरुरी रहेको बताए।

“छिमेकी मुलुकमा बढ्दै गएको कोभिड सङ्क्रमणलाई ध्यान दिँदै यहाँ फैलन नदिन विशेष सर्तकता अपनाउन थालिएको हो”, उनले भने, “नाकामा स्थापना गरिएको हेल्थ डेस्कलाई अझै प्रभावकारी बनाउने प्रयास भइरहेको छ।”

महानगरका अनुसार हेल्थ डेस्कमा मास्क, स्यानिटाइजर, तापक्रम मापन गर्ने उपकरणलगायत सामग्रीको व्यवस्थापन गरिएको छ। स्वास्थ्यकर्मी इब्राना खातुनले रक्सौलबाट आउने प्रत्येक व्यक्तिको तापक्रम जाँच अनिवार्य गरिएको बताए। उनका अनुसार यहाँ सञ्चालित हेल्थ डेस्कमा सात जना स्वास्थ्यकर्मी खटिएका छन्।

प्रकाशित: Jun 03, 2025| 06:47 मंगलबार, जेठ २०, २०८२
प्रतिक्रिया दिनुहोस्