शनिबार, पुस १२, २०८२

व्यवसायीसँग सहमति जुटेन, भोलि पनि यातायात बन्द

 |  सोमबार, जेठ १९, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १९, २०८२

काठमाडौं- सरकार र यातायात व्यवसायीबीच भएको वार्ता बिना निष्कर्ष टुंगिएको छ।

National life

सहमति नजुट्पछि व्यवसायीहरुले भोलि पनि बन्द निरन्तर रहने बताएका छन्। 

भोलि साढे १० बजे फेरि वार्ता हुने बताइएको छ। सरकार र यातायात व्यवसायीबीच आज कार्यदल गठन भई वार्ता भएको हो। 

गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङ विधेयक फिर्ता गर्नुपर्ने मुख्य माग उनीहरुको छ। रातो नम्बर प्लेटले यात्रु बोक्न नपाउने उनीहरुले तर्क गरेका छन्।
 

प्रकाशित: Jun 02, 2025| 20:20 सोमबार, जेठ १९, २०८२
प्रतिक्रिया दिनुहोस्