काठमाडौं- सन् २०२५ को पहिलो पाँच महिनामा पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन्।
यो संख्या हवाई मार्ग भएर आउने पर्यटकको हो। स्थलमार्ग भएर आउने भारतीय तथा तेस्रो देशका पर्यटकको संख्या यसमा समावेश छैन।
नेपाल पर्यटन बोर्डले जारी गरेको तथ्यांकअनुसार जनवरीदेखि मे महिनासम्म कूल पाँच लाख एक हजार २६४ विदेशी पर्यटक नेपाल आएका छन्।
मे महिनामा ८६ हजार २१६ विदेशी पर्यटक नेपाल आएका छन्। यस्तै जनवरीमा ७९ हजार ९९१, फेब्रुअरीमा ९६ हजार ८८०, मार्चमा एक लाख २१ हजार ८०० र अप्रिल महिनामा एक लाख १६ हजार ४९० विदेशी पर्यटक नेपाल आएका छन्।