शनिबार, पुस १२, २०८२

गाउँमै उद्योग खुलेपछि उखुको मूल्य दोब्बर

 |  सोमबार, जेठ १९, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १९, २०८२

गुल्मी- गुल्मीको रूरूक्षेत्र गाउँपालिका-३ थोर्गा पानीट्या‌ंकीका गोविन्द ज्ञवालीको पुर्ख्याैली पेसा थियो उखुखेती। उनले उखुबाट खुदो र गुड बेचेरै आम्दानी गरिरहेका छन्। ज्ञवालीले साढे दुई रोपनी जग्गामा गरेको उखु खेतीबाट वार्षिक ५८ हजार रुपैयाँ आम्दानी गर्दै आएका छन्।

National life

उखु खेती बाहेक उनकाे परिवार कृषि पेशामा आबद्ध छ भने गोविन्दले गाउँमै स्थापना भएको गुड खुदो उद्योगमा काम गर्छन्। केही उखु बीउको लागि पनि राखेको राम्रो आम्दानी भइरहेकाले विदेश जाने कुनै योजना नभएको गोविन्दले बताए।

रूरूक्षेत्रमा गोविन्दजस्तै उखु खेतीबाट धेरै मानिसले मनग्य आम्दानी गरिरहेका छन्। रूरूक्षेत्र गाउँपालिका उखु खेतीको लागि प्रख्यात मानिन्छ। पालिकाभरी करिब तीन हजार रोपनीमा अहिले उखु खेती भइरहेको छ। पछिल्लो समय उखुको उचित मूल्य र बजारीकरणका लागि पालिकाले वडा नम्बर ४ मा ‘थोग्रेली गुड खुदो उद्योग’ स्थापना गरेको छ।

जसबाट स्थानीयले एकातर्फ उखुको झण्डै दोब्बर मूल्य पाएका छन् भने अर्कोतर्फ गाउँमै रोजगारीसमेत सिर्जना भएको छ। उद्योगबाट उखुको रसबाट गुड, खुदो र मिठाइ उत्पादन हुदैँ आएको छ। जसले गर्दा उखु किसानको जीवनस्तर नै फेरिएको छ। उखु किसानलाई एकीकृत गरी उद्योग स्थापना गर्नको लागि रूरू बहुउदेश्यीय सहकारी संस्था लिमिटेड गठन भयो।

सहकारीमा हाल एक सय १० कृषि आबद्ध छन्। ‘थोग्रेली गुड खुदो उद्योग’ पनि यसै सहकारीमार्फत संचालन भइरहेको छ। उद्योगले अहिले कृषकको बारीमै पुगरे उखु खरिद गर्दछ। उद्योगले गत माघ महिनाभर प्रतिकेजी ११ तथा फागुन महिनादेखि हालसम्म प्रतिकेजी १२ रूपैँयामा उखु खरिद गरिरहेको छ।

Laxmi sunrise bank
kumari

उद्योगले ल्याएको उखु पेलेर खुदो पकाउने, गुड तथा गुडका मिठाई बनाउने काम गरिरहेको रूरू कृषि परियोजनाका संयोजक प्रकाश चालिसेले जानकारी दिए।

उद्योगबाट रोजगारी सिर्जना 
रूरूमा स्थापना भएको उद्योगले स्थानीयस्तरमा रोजगारी सिर्जना गरेको छ। स्थानीय हरि सेनानीले पहिले दुवैको कम्पनीमा काम गर्थ्ये। केही सयमअगाडि घर आएका उनले गाउँमै स्थापना भएको उद्योगमा काम पाए। अहिले उखु खुदो पकाउने, गुड बनाउने र प्याकेजिङ काम गर्छन्।

‘विदेशमा अरूको दबाबमा धेरै काम गर्नुपर्थ्याे यहाँ साथीभाइसँगै काम गर्न पाइएको छ’ उनले भने, ‘यहाँको उद्योगमा काम गर्दा पारिवारिक वातावरण छ।’ सोही उद्योगमा गुड प्याकेजिङको काम गर्ने सीता पन्थलाई उद्योगमा काम सुरू गरेदेखि दैनिक घरखर्च चलाउन निकै सहज भएको छ। काम गरेर मासिक १२ हजार कमाउने उनले सहकारीको शेयर सदस्य भएका कारण काम पाएकी हुन्।

उद्योग स्थापनादेखि नै काम गर्दै आएकी कल्पना राईले पनि अहिले सानोतिनो खर्चको लागि श्रीमानसँग घरखर्च माग्नु नपरेको बताउँछिन्। ‘घरखर्च चलाएकी छु, दुई हजार पैसा पनि साथमा हुने गरेको छ’ उनले भनिन्, ‘गाउँमै उद्योग स्थापना भए पछि हाम्रो दैनिकी फेरिएको छ।’

उद्योगमा हाल नियमित पाँच जनाले रोजगारी पाएका छन्। काम गर्ने सबै सहकारीका शेयर सदस्य छन्। उनहरूको कामको प्रकार हेरेर मासिक १२ हजारदेखि २५ हजार रुपैयाँसम्म प्रदान गरिएको छ। यसरी सबै कामदारलाई दिने मासिक तलबमा दुई लाख सहकारीले भुक्तानी गर्ने प्रबन्धक प्रकाश थापाले बताए।

चार महिनामै २९ लाखको गुड, खुदो बिक्री
उखुको रसबाट बन्ने परिकार बनाउनको लागि वडा नम्बर ४ मा उद्योग स्थापना भयो। जसमा पालिकाले भवन निर्माणको लागि २० लाख र नवप्रभावत युवा संघद्वारा सञ्चालित रूरू कृषि परियोजनाको समन्वयमा हेफर इन्टरनेशनलको २ लाख रुपैयाँ लगानी छ। उद्योगले स्थापनाको छोटो समयमै राम्रो आम्दानी गरेको छ।

उद्योगले उखुको खरिददेखि गुड, खुदो र मिठाइ उत्पादन गरी बिक्री गर्दछ। उत्पादित गुड, खुदो स्थानीय बजारमै खपत हुन्छ। अहिलेसम्म दुई सय ६५ टन उखु प्रशोधनबाट १९ लाख रुपैयाँमा ७५ क्विन्टल गुड र १० लाखमा पाँच हजार लिटर खुदो बिक्री भएको सहकारीका प्रबन्धक थापाले जानकारी दिए। हाल दैनिक साढे दुई क्विन्टल खुदो उत्पादन भइरहेको छ।

साथै  १५ हजार लिटर खुदो स्टक छ। उद्योग स्थापनादेखि हालसम्म दुई सय ६५ टन उखु बिक्रीबाट किसानले ३१ लाख ८० हजार रुपैयाँ पाएका छन्। पहिले प्रतिकेजी सात रूपैँयामा बिक्री हुने उखु उद्योग स्थापना भएसँगै प्रतिकेजी १२ रूपैँयामा बिक्री भइरहेको छ। उखु बिक्रीबाट सबैभन्दा धेरै गंगा पुनले दुई लाख ५० हजार आम्दानी गरेकी छन्।

‘उद्योग स्थापनापछि उखुमा झण्डै दोब्बर मूल्य पाइएको छ’ पुन भन्छिन, ‘अब बजारको पनि कुनै समस्या छैन।’ रूरूमा हाल रातोकोशेर, थारापातेलगायतका जातका उखु उत्पादन हुने गरेका छन्। राेपेकाे ९ महिनामा तयार हुने एउटा उखुको घार औषतमा तीन किलो हुन्छ। गाउँपालिकाका अध्यक्ष यदु ज्ञवाली किसानको आवश्यकतालाई मध्यनजर गरी उद्योग स्थापना गरको बताउँछन्।

‘कृषि र पर्यटनमार्फत रोजगारी सिर्जना गर्नेतर्फ उन्मुख भइरहेका छौँ’ अध्यक्ष ज्ञवालीले भने, ‘उखु खेती विस्तार गर्नको लागि पालिकाले मल, बीउ र प्रविधिमा सहयोग गरको छ।’ साथै अब बनाउने नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि उखुखेती र उद्योगलाई विशेष प्राथमिकता दिने अध्क्ष ज्ञवालीकाे भनाइ छ।    -रासस

प्रकाशित: Jun 02, 2025| 19:01 सोमबार, जेठ १९, २०८२
प्रतिक्रिया दिनुहोस्