शनिबार, वैशाख १९, २०८३

कजारियाको नयाँ सोरूम रूपन्देहीमा

 |  सोमबार, जेठ १९, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १९, २०८२

National life

काठमाडौं- कजारियाले सैनामैना, रूपन्देहीमा अत्याधुनिक सोरूम सञ्चालनमा ल्याएको छ। धर्मा ट्रेडर्सद्वारा सञ्चालित यस सोरूमले उच्च गुणस्तरका टायलहरूको बढ्दो मागलाई पूरा गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ।

सो सोरुमको नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष टंकप्रसाद पोखरेल, कजारिया रमेश टाइल्स लिमिटेडका प्रतिनिधि विमल ज्ञवालीले संयुक्तरूपमा उद्घाटन गरेका थिए। कार्यक्रममा महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष पोखरेलले सैनामैनामा कजारियाको यस नयाँ सोरूम सञ्चालनले स्थानीय व्यापारिक अवसरहरू बढाउनुका साथै आर्किटेक्ट, निर्माण व्यवसायी र घरधनीहरूलाई अब उत्कृष्ट गुणस्तरका विश्वस्तरीय टायलहरू आफ्नै सहरमा सहजरूपमा उपलब्ध गराउने बताए।

रूपन्देही जिल्लाको महत्वपूर्ण क्षेत्र सैनामैनामा रहेको यो नयाँ सोरुमले प्रिमियम टायलहरूको विस्तृत संग्रह प्रदान गर्ने कम्पनीले जनाएको छ। कजारियाले उच्च गुणस्तर र डिजाइनका नयाँ मापदण्डहरू सेट गर्ने आफ्नो मिसनलाई निरन्तर अघि बढाउँदै नेपालका निर्माण सामग्रीको क्षेत्रमा आफ्नो नेतृत्वलाई बलियो बनाउँदै लगेको दाबी गरेको छ। प्रिमियम टाइल्सलाई नेपालभर सहजै उपलब्ध गराउने आफ्नो लक्ष्यलाई निरन्तरता दिँदै यो सोरुमको शुभारम्भ कजारियाको लागि महत्वपूर्ण उपलब्धि हो।
 

प्रकाशित: Jun 02, 2025| 15:37 सोमबार, जेठ १९, २०८२
प्रतिक्रिया दिनुहोस्