शुक्रबार, भदौ ५, २०८३

संसद्को चालू अधिवेशन अन्त्य

प्रतिनिधिसभाको चालू अधिवेशन सोमबार राति १२ बजेदेखि अन्त्य भएको छ।
 |  सोमबार, साउन ३२, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन ३२, २०७८

काठमाडौं–  संसद्को चालू अधिवेशन सोमबार राति १२ बजेदेखि अन्त्य भएको छ। मन्त्रिपरिषद्को सिफारिसमा सोमबार मध्यरात देखि लागू हुने गरी राष्ट्रपतिले चालू अधिवेशन अन्त्य गरेकी हुन्। सरकारको सिफारिसमा राष्ट्रपतिले अधिवेशन अन्त्य गरेको घोषणा प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले पढेर सुनाएका छन्। यस्तै राष्ट्रिय सभाको अधिवेशन पनि अन्त्य गरिएको छ।

गत जेठ ८ बिहान तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधिसभा विघटन भएको थियो। त्यसपछि असार २८ गते सर्वोच्च अदालतको परमादेशपछि साउन ३ गते प्रतिनिधिसभाको बैठक बसेको थियो। त्यसयता २९ दिन

२० घन्टा १५ मिनेट मात्रै प्रतिनिधिसभाको आठौं अधिवेशन बसेर आजदेखि अन्त्य भएको हो। २९ दिन अधिवेशन चले पनि सरकारले संसद्लाई बिजनेस दिन सकेन।

प्रकाशित: Aug 16, 2021| 15:41 सोमबार, साउन ३२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...