सोमबार, जेठ १९, २०८२

यी चार प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

 |  आइतबार, जेठ १८, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १८, २०८२

vianetvianet
National life insurance

काठमाडौं- हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ।  साथै कोशी प्रदेशका अधिकांश भागमा मनसुनी वायुको प्रभाव  रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफादेखि आंशिक बदली रहने छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भागका केही स्थानमा र बाँकी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्चपहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भागका केही स्थानमा र बाँकी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका उच्चपहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रकाशित: Jun 01, 2025| 06:57 आइतबार, जेठ १८, २०८२
प्रतिक्रिया दिनुहोस्