शनिबार, पुस १२, २०८२

यातायात व्यवसायीले आज एक घण्टा चक्काजाम गर्ने

 |  शनिबार, जेठ १७, २०८२

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १७, २०८२

काठमाडौं- यातायात व्यवसायीले आज शनिबार बिहान एक घण्टा काठमाडौं उपत्यकामा चक्काजाम गर्ने भएका छन्। 

National life

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले गण्डकी सरकारको राइड सेयरिङ नीतिविरुद्ध भाडाका यातायात व्यवसायीले थालेको चक्काजामको समर्थन गर्दै साथ दिने निर्णय गरेको हो।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ वाग्मती प्रदेश स्तरीय भेलाले बिहान ११:३० बजेदेखि १२:३० बजेसम्म २७ किलोमिटर चक्रपथ भक्तपुरका मुख्य सडक खण्डमा सवारीसाधन राखेर चक्काजाम गर्ने निर्णय गरेको छ।

यसैगरी भोलि आइतबार १२:३० बजे माइतीघरमा यातायात व्यवसायीहरुको उपस्थितिमा विरोध सभा हुने भएको छ। माग सम्बोधन नभए १९ देखि देशव्यापी अनिश्चितकालका लागि आफ्ना सवारीसाधनहरु घर‍-ग्यारेजमा थन्क्याई आन्दोलन गर्ने उनीहरुले चेतावनी दिएका छन् ।

संविधानविपरीत प्रदेश सरकारहरुले ऐन नियमावली बनाएको भन्दै यातायात व्यवसायीहरुले आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, सार्वजनिक यातायात केन्द्रीय महासंघ, नेपाल ट्रक यातायात व्यवसायी महासंघ, ढुवानी व्यवसायी महासंघ, नेपाल यातायत स्वतन्त्र मजदुर संगठन र नेपाल यातायात मजदुर संघले सयुक्त रुपमा सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति गठन गरेर ७ बुँदे मागसहित आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।

Laxmi sunrise bank
kumari

माग पूरा गराउन व्यवसायीहरुले गत मंगलबार यस विषयमा सरोकार राख्ने सबै मन्त्रालयहरुमा ज्ञापनपत्र बुझाई पत्रकार सम्मेलन गरेका थिए।

प्रकाशित: May 31, 2025| 05:52 शनिबार, जेठ १७, २०८२
प्रतिक्रिया दिनुहोस्