सोमबार, असोज १२, २०८३

नारायणहिटी दरबार संग्रहालय क्षेत्रमा निषेधाज्ञा जारी

 |  शुक्रबार, जेठ १६, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १६, २०८२

काठमाडौं जिल्ला प्रशासनले नारायणहिटी दरबार संग्रहालय वरपरका स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ। 

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले शुक्रबार सूचना जारी गर्दै भोलि शनिबारदेखि लागू हुने गरी असार २४ गतेसम्मका लागि निषेधित क्षेत्र घोषणा गरेका हुन् । 

सूचनाअनुसार केशरमहल चोकदेखि नारायणहिटी दरबार संग्रहालय दक्षिण गेट हुँदै जयनेपाल मोडसम्म र महेन्द्र सालिक हुँदै नारायणहिटी दरबार संग्रहालय दक्षिण गेटसम्म निषेधित क्षेत्र घोषणा गरिएको छ ।

निषेधित क्षेत्र तोकिएका स्थानमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भई अनशन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन र सभाजस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको प्रमुख जिल्ला अधिकारी तिवारीले जनाएका छन् । 

हिजोदेखि राजसंस्था पक्षधरहरुले सुरु गरेको आन्दोलनलाई लक्षित गरी निषेधाज्ञा जारी गरिएको हो।

प्रकाशित: May 30, 2025| 19:44 शुक्रबार, जेठ १६, २०८२
प्रतिक्रिया दिनुहोस्