शनिबार, असार ६, २०८३

आफताब आलमलाई मस्तिष्कघात, अन्नपूर्णको आईसीयूमा उपचार हुँदै

 |  शुक्रबार, जेठ १६, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १६, २०८२
National life
Shivam cement

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलमलाई मस्तिष्कघात भएपछि उपचारका लागि माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पताल भर्ना गरिएको छ।

शुक्रबार उनको स्वास्थ्यमा समस्या देखिएपछि आईसीयूमा राखेर उपचार भइरहेको अस्पतालले जानकारी दिएको छ।

रौतहटमा भएको बम विस्फोटका अभियुक्त आलम बुधबार साँझ ललितपुरस्थित नख्खु कारागारबाट रिहा भएका थिए। जिल्ला अदालत रौतहटको आदेशलाई उल्ट्याएर बुधबार उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जले रिहा गर्न आदेश दिएको थियो।

प्रकाशित: May 30, 2025| 19:37 शुक्रबार, जेठ १६, २०८२
प्रतिक्रिया दिनुहोस्