शनिबार, पुस १२, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • पिपुल्स क्याम्पसमा दिगो व्यवस्थापन र वित्तीय नवप्रवर्तन सम्बन्धी सेमिनार

पिपुल्स क्याम्पसमा दिगो व्यवस्थापन र वित्तीय नवप्रवर्तन सम्बन्धी सेमिनार

 |  शुक्रबार, जेठ १६, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १६, २०८२

काठमाडौं- पिपुल्स क्याम्पसले ‘दिगो व्यवस्थापन र वित्तीय नवप्रवर्तन’ विषयमा दोस्रो राष्ट्रिय सम्मेलन आयोजना गरेको छ।

National life

कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर चिरञ्जिवी नेपालले अहिलेको युगमा क्याम्पसहरूले अनुसन्धानलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए। यस्ता सेमिनार अनुसन्धानका निष्कर्षहरुमाथि मन्थन गर्ने थलो भएको बताउँदै नेपालले भने, “यस्ता कार्यक्रमले प्राज्ञिक कर्ममा अपरिहार्य भूमिका खेल्दछन् जसले समसामयिक चुनौतीहरूको समाधान गर्दै शैक्षिक अनुसन्धानको महत्वलाई पनि उजागर गर्छ।”

सम्मेलनमा प्रतिष्ठित प्राज्ञिक व्यक्तित्वहरुले कार्यपत्र प्रस्तुत गरेका थिए। प्रा. डा. अर्हन स्थापितले “कर्पोरेट सामाजिक उत्तरदायित्व र दिगो व्यवस्थापन” विषयमा बोल्दै व्यवसायमा दिगोपन समावेश गर्न कर्पोरेट समाजिक जिम्मेवारीको भूमिका महत्वपूर्ण रहने बताए।

डा. दशरथ न्यौपानेले “शैक्षिक क्षेत्रमा उद्यमशील मानसिकताको विकास” शीर्षकमाथि आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए। उनको जोड थियो, नवप्रवर्तन र आर्थिक वृद्धिका लागि उद्यमशीलताको समावेशीकरण आवश्यक छ।

सेमिनारमा डा. शंकरनाथ अधिकारीको “व्यवसायको दिगोपनका लागि प्राविधिक उन्नति” शीर्षकमा प्रविधिहरूले कसरी दिगो व्यवसाय अभ्यासलाई सुदृढ पानै सकिन्छ भन्ने विषयमा भोलि शुक्रबार चर्चा हुनेछ। त्यसैगरी, डा. जीतेन्द्र डंगोलले पनि “वित्तीय नवप्रवर्तनका लागि प्राविधिक उन्नति र दिगोपन” विषयमा कृत्रिम बुद्धिमत्ता र अन्य अत्याधुनिक प्रविधिहरूले वित्तीय क्षेत्रमा ल्याउने रूपान्तरण बारे पनि चर्चा हुनेछ।

Laxmi sunrise bank
kumari

“गत वर्षको अनुभवलाई आधार बनाएर यस वर्ष सेमिनार अझ व्यवस्थित र सहभागीहरूको संख्यामा वृद्धि गराइएको छ,” पिपुल्स क्याम्पसका प्रमुख मनोज कुँवरले भने। सहायक क्याम्पस प्रमुख रोजेश पण्डितले थपे, “यस वर्ष एमफिल र पीएचडी अनुसन्धानकर्ताहरूलाई सहभागी गराइएको छ जसले सेमिनारको शैक्षिक गम्भीरतालाई अझ गहिरो बनाउनेछ।”

सेमिनारको यो दोस्रो संस्करण हो। पिपुल्स क्याम्पसले विश्वविद्यालय अनुदान आयोगको सहयोगमा राष्ट्रिय तथा विश्वव्यापी दिगोपना लक्ष्यसँग मेल खाने अनुसन्धान र संवादलाई प्रवद्र्धन गर्न यो कार्यक्रम गरेको हो।

दिगो व्यवस्थापन र वित्तीय नवप्रवर्तनका क्षेत्रमा ज्ञान आदानप्रदान र नविनतम दृष्टिकोणहरूका लागि यो एक महत्वपूर्ण मञ्च हुने अपेक्षा गरिएको छ। दुई दिनसम्म चल्ने यो कार्यक्रममा २०० भन्दा बढी विद्यार्थी, अनुसन्धानकर्मी, शिक्षक तथा प्राज्ञिक व्यक्तित्व सहभागी छन्।

प्रकाशित: May 30, 2025| 12:29 शुक्रबार, जेठ १६, २०८२
प्रतिक्रिया दिनुहोस्