शनिबार, पुस १२, २०८२

खाजा खान होटलमा पसेका युवकको टेबलमै मृत्यु

 |  शुक्रबार, जेठ १६, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १६, २०८२

ललितपुर महानगरपालिका–१४ स्थित नखिपोटमा खाजा खान होटलमा छिरेका युवकको शंकास्पद मृत्यु भएको छ।

National life

जेठ १४ को मध्यान्ह काभ्रेको महाभारत गाउँपालिका वडा नम्बर–५ घर भएका २३ वर्षीय टुकेस मगरको मृत्यु भएको हो।

नखिपोटस्थित लोहा चोकमा बस्दै आएका मगर दिलबहादुर आलेको खाजा घरमा छिरेर टेबुलमा बसेका थिए । टेबलमा बसिरहेकै अवस्थामा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।

शंकास्पद तवरले मृत्यु भएको भन्दै प्रहरीले अनुसन्धान गरिरहेको छ। पोस्टमार्टम रिपोर्टको आधारमा थप कुरा थाहा हुने प्रहरीले बताएको छ।

प्रकाशित: May 30, 2025| 12:24 शुक्रबार, जेठ १६, २०८२
प्रतिक्रिया दिनुहोस्