सोमबार, भदौ १५, २०८३

वृद्धभत्ता पाउने उमेर बढ्यो*

 |  बिहीबार, जेठ १५, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १५, २०८२

काठमाडौं- सरकारले वृद्धभत्ता पाउने उमेर ७० वर्ष कायम गरेको छ। आर्थिक सुधार सुझाव आयोगको सुझावअनुसार बजेटले यो व्यवस्था गरेको हो।

२०७९ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकारले वृद्धभत्ता पाउने उमेर घटाएर ६८ वर्षमा झारेको थियो।

गत वैशाख ६ मा बसेको मन्त्रिपरिषद् बैठकले आगामी १ वर्षभित्र वृद्धभत्ता पाउने उमेर ७० वर्ष कायम गर्ने कार्ययोजना स्वीकृत गरेको थियो ।

रामेश्वर खनाल नेतृत्वको आयोगले आगामी ५ वर्ष वृद्धभत्ता नबढाउन र न्यूनतम उमेर ७० कायम गर्न सुझाव दिएको थियो ।

दुर्गम र लक्षित वर्ग जेष्ठ नागरिकको हकमा भने ६८ वर्ष नै कायम राखिएको छ।

*समाचारमा यसअघि भुलवश त्रुटि भएकाले सच्याइएको छ।

प्रकाशित: May 29, 2025| 16:44 बिहीबार, जेठ १५, २०८२
प्रतिक्रिया दिनुहोस्