शनिबार, वैशाख १९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • आर्थिक सर्वेक्षणः कृषि अनुदानमा रु ११ अर्ब ७६ करोड खर्च

आर्थिक सर्वेक्षणः कृषि अनुदानमा रु ११ अर्ब ७६ करोड खर्च

 |  बिहीबार, जेठ १५, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १५, २०८२

National life

काठमाडौं- कृषि अनुदानमा रु ११ अर्ब ७६ करोड खर्च भएको चालु आर्थिक वर्ष २०८१/८२ को आर्थिक वर्षको सर्वेक्षणमा उल्लेख छ। चालु आर्थिक वर्षको फागुनसम्म अनुदानका लागि विनियोजन गरिएकामध्ये रु ११ अर्ब ७६ करोड बजेट खर्च भएको हो।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाको आजको बैठकमा पेस गर्नुभएको आर्थिक सर्वेक्षणमा चालु आर्थिक वर्षका लागि रु ३६ अर्ब १५ करोड विनियोजन गरिएको उल्लेख छ। 

कृषि अनुदानमा गत आर्थिक वर्ष रु ३६ अर्ब १३ करोड ८० लाख विनियोजन गरिएको थियो। त्यसमध्ये रु २९ अर्ब ३१ करोड ८८ लाख खर्च भएको आर्थिक सर्वेक्षणमा उल्लेख छ। चालु आर्थिक वर्षमा उखु किसानलाई उखु प्रवर्द्धन खर्चबापत रु दुई अर्ब २५ करोड विनियोजन गरिएको पनि आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ।

प्रकाशित: May 29, 2025| 15:42 बिहीबार, जेठ १५, २०८२
प्रतिक्रिया दिनुहोस्