शनिबार, पुस १२, २०८२

बजेट बिहीबार अपराह्न तीन बजे

 |  बुधबार, जेठ १४, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १४, २०८२

काठमाडौं- सरकारले भोलि (बिहीबार) आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट ल्याउने भएको छ।

National life

संविधानमा भएको व्यवस्थाअनुसार आगामी आवको बजेट जेठ १५ गते ल्याउनुपर्ने व्यवस्था छ। भोलि दिउँसो ३ बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा नेपालको संविधानको धारा ११९ बमोजिम बजेट प्रस्तुत गर्ने कार्यसूची छ।

गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरूले संसद् अवरुद्ध गर्दै आएको भए पनि बजेट ल्याउन दिने विपक्षी दलले बताएका छन्। अर्थमन्त्री विष्णु पौडेलले आगामी आवको लागि आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमान पेस गर्ने कार्यक्रम रहेको छ।

संसद् सचिवालयले भोलि दिनको २:४५ बजे अगाडि नै संयुक्त सभाको बैठकका लागि प्रतिनिधि सभाको बैठक कक्षमा उपस्थिति हुन महासचिव पद्यप्रसाद पाण्डेयले जारी गरेको सूचनामा उल्लेख छ। सरकारले हिजो आर्थिक सर्वेक्षण सार्वजनिक गर्ने तयारी गरेको भए पनि संसद् अवरुद्ध हुँदा सार्वजनिक भएन।

आज संसदमा आर्थिक सर्वेक्षण सार्वजनिक सूची राखेको भए पनि प्रतिनिधिसभा अवरुद्ध आज पनि रोकिएको छ। आर्थिक सर्वेक्षण पनि भोलि नै सार्वजनिक हुनेछ।

Laxmi sunrise bank
kumari

प्रकाशित: May 28, 2025| 18:32 बुधबार, जेठ १४, २०८२
प्रतिक्रिया दिनुहोस्