शनिबार, पुस १२, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • आईपीएलको प्लेअफ समीकरण पूरा, पहिलो क्वालिफायरमा बैंग्लोर र पन्जाब भिड्ने

आईपीएलको प्लेअफ समीकरण पूरा, पहिलो क्वालिफायरमा बैंग्लोर र पन्जाब भिड्ने

 |  बुधबार, जेठ १४, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १४, २०८२

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा मंगलबार राति लिग चरणको अन्तिम खेलले नतिजा पाउँदा प्लेअफ समीकरण पूरा भएको छ। 

National life

लिग चरणको अन्तिम खेलमा बैंग्लोरले लखनउ सुपर जायन्ट्सविरुद्ध ६ विकेटको जित निकाल्दै दोस्रो स्थानमा आफ्नो स्थान सुरक्षित गर्‍यो। मंगलबारको खेलमा लखनउले प्रस्तुत गरेको २२८ रनको लक्ष्य बैंग्लोरले १८.४ ओभरमा चार विकेट गुमाएर भेटाएको थियो।

लिग चरणका समान १४ खेल खेल्दा शीर्ष स्थानको पन्जाब र बैंग्लोरले १९–१९ अंक जोडेका छन्। तर, नेट रनरेटका आधारमा पन्जाब शीर्ष र बैंग्लोरले दोस्रो स्थानमा रहँदै प्लेअफ यात्रा तय गरेका हुन्।

तेस्रो स्थानको गुजरात र चौथो स्थानको मुम्बई इन्डियन्सले पनि लिग चरणमा क्रमशः १८ र १६ अंकसहित प्लेअफ यात्रा तय गरे। 

प्रतियोगिताको पहिलो क्वालिफायरमा पन्जाबले बैंग्लोरको सामना गर्नेछ। यी दुई टिमबीचको खेल मे २९ मा हुने तालिका छ। यस्तै, प्रतियोगिताको इलिमिनेटरमा गुजरात र मुम्बईले प्रतिस्पर्धा गर्नेछन् । यी दुई टिमबीचको खेल मे ३० मा हुनेछ।

Laxmi sunrise bank
kumari

प्रकाशित: May 28, 2025| 12:20 बुधबार, जेठ १४, २०८२
प्रतिक्रिया दिनुहोस्