बुधबार, असार १८, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • गभर्नर पौडेल र नाडा अध्यक्ष चौधरीबीच भेटवार्ता, दिइयो गभर्नरलाई ५ बुँदे सुझाव

गभर्नर पौडेल र नाडा अध्यक्ष चौधरीबीच भेटवार्ता, दिइयो गभर्नरलाई ५ बुँदे सुझाव

 |  आइतबार, जेठ ११, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ११, २०८२

vianetvianet

काठमाडौं- नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालका अध्यक्ष करण चौधरीको नेतृत्वको प्रतिनिधि मण्डलले नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलसँग भेटवार्ता गरेका छन्। भेटमा मौद्रिक नीतिसँगसम्बन्धित अटोमोबाइल क्षेत्रका विभिन्न विषयहरुमा विस्तृत रुपमा छलफल गरेका छन्। 

गभर्नर पौडेलसँगको भेटमा नाडाका अध्यक्ष चौधरीले नेपालको अटोमोबाइल उद्योगको समग्र सुधारका लागि तत्काल कार्यान्वयनयोग्य पाँच बुँदे सुझाव पेस गरे। विशेषगरी वित्तीय पहुँच अभाव, विद्युतीय तथा प्रिमियम सवारीसाधनमा कर्जाको अवरोध, कर्जा नीतिमा देखिएको असमञ्जस्यता र निष्पक्ष वित्त प्रणालीका लागि नियमनको आवश्यकतालगायतमा छलपल गरेको हो।

अध्यक्ष चौधरीले अटोमोबाइल उद्योग, नेपालको राजस्व, रोजगारी, प्रविधि स्थानान्तरण र दिगो विकास लक्ष्यसँग प्रत्यक्ष सम्बन्धित भएको भन्दै यसलाई सबल बनाउन नीति, वित्त र व्यवहारबीच सन्तुलन अत्यावश्यक रहेको बताए।

छलफलमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले दीर्घकालिन आर्थिक नीति तय गर्ने विषयमा नेपाल राष्ट्र बैंकको सहयोगमा नाडाले अन्तरक्रिया कार्यक्रम सम्पन्न गर्ने विषयमा प्रस्ताव गरे। छलफलमा गभर्नर पौडेलले नाडाको सुझावलाई गम्भीरताका साथ लिइने बताउँदै आवश्यक विषयहरुमा छलफल गरी समन्वय समेत गरिने आश्वासन दिए।

गभर्नर पौडेललाई नाडाले दिएका पाँच सुझाव
१. अटोमोबाइल क्षेत्रका लागि ऋण प्रवाहको व्यवहारिक कार्यान्वयन।
२. लोन टु भ्यालु रेसियो अनुपात न्यूनतम ७० प्रतिशत बनाइयोस्।
३. कर्जा सेवा टु आम्दानी अनुपातमा लचकता ल्याइयोस्।
४. विद्युतीय तथा हाइब्रिड सवारीका लागि लक्षित कर्जा योजना ल्याइयोस्।
५. वित्तीय प्रणालीमा निष्पक्षता सुनिश्चित गर्न नियमन कडाइ गरियोस्।

प्रकाशित: May 25, 2025| 15:01 आइतबार, जेठ ११, २०८२
प्रतिक्रिया दिनुहोस्