शनिबार, पुस १२, २०८२

सुनको मूल्य १४ सय बढ्यो 

 |  आइतबार, जेठ ११, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ११, २०८२

काठमाडौं- साताको पहिलो दिन स्थानीय बजारमा सुनको मूल्य बढेको छ।

National life

आज सुनको मूल्य तोलामा एक हजार ४०० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

आज छापावाल सुन प्रतितोला एक लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबार दिन शुक्रबार प्रतितोला एक लाख ९० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै, चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला दुई हजार पाँच रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

प्रकाशित: May 25, 2025| 11:01 आइतबार, जेठ ११, २०८२
प्रतिक्रिया दिनुहोस्