शनिबार, वैशाख १९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ग्लोबल आईएमई बैंक र तिलगंगा सिटी आई सेन्टरबीच सम्झौता, ग्राहकलाई १५ प्रतिशतसम्म छुट

ग्लोबल आईएमई बैंक र तिलगंगा सिटी आई सेन्टरबीच सम्झौता, ग्राहकलाई १५ प्रतिशतसम्म छुट

 |  बिहीबार, जेठ ८, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ८, २०८२

काठमाडौं- ग्लोबल आईएमई बैंक र चुच्चेपाटीस्थित तिलगंगा सिटी आई सेन्टरबीच ग्राहकलाई छुट दिने सम्झौता भएको छ।सम्झौताअनुसार बैंकका ग्राहकले अस्पतालको सेवा र उपचारमा १५ प्रतिशतसम्म छुट पाउनेछन्।

National life

सम्झौतामा बैंकका प्रमुख मार्केटिङ अधिकृत दिलीप पोखरेल र सिटी आई सेन्टर प्रमुख कार्यकारी अधिकृत आस्था पन्तले हस्ताक्षर गरे।

सहमतिअनुसार अस्पतालले बैंकका डेबिटरक्रेडिट कार्ड एवं बैंकको मोबाइल एप (ग्लोबल स्मार्ट प्लस) प्रयोगकर्तालाई अस्पतालको उपचारमा लाग्ने शुल्कमा १५ प्रतिशतसम्म छुट दिनेछ।

आई सेन्टरले बैंकका ग्राहकलाई आई सेन्टरको सामान्य आँखा परीक्षण, डाक्टरबाट सिफारिस चश्मा, शल्यक्रिया र थेरापीमा १५ प्रतिशतसम्मको छुट दिनेछ।

ग्लोबल आईएमई बैंकका प्रमुख मार्केटिङ अधिकृत पोखरेलले तिलगंगा आई सेन्टरसँगको साझेदारीले बैंकका ग्राहकलाई लाभान्वित गर्ने र कार्ड तथा मोबाइल बैंकिङ सेवाको प्रयोगकर्ता वृद्धि हुने विश्वास व्यक्त गरे।

प्रकाशित: May 22, 2025| 12:25 बिहीबार, जेठ ८, २०८२
प्रतिक्रिया दिनुहोस्