काठमाडौं- सहज र सुलभ सञ्चार सेवाको बढ्दो माग ध्यानमा राख्दै एनसेलले आफ्ना प्रिपेड ग्राहकका लागि तीन नयाँ साप्ताहिक रिन्युअल प्याक सञ्चालनमा ल्याएको छ।
एक साताका लागि ग्राहकको भ्वाइस, डेटा र एसएमएस सेवाको आवश्यकता ध्यानमा राखी बजेटमैत्री विकल्पका रूपमा यी प्याक सञ्चालनमा ल्याइएका हुन्।
आजदेखि यी प्याक लागु भएको एनसेलले जनाएको छ। भ्वाइस प्याक अन्तर्गत ग्राहकले ७ दिनसम्म एनसेल वा नेपाल टेलिकमका नम्बरमा अनलिमिटेड भ्वाइस कल गर्न मिल्ने ‘अल नेपाल कल भ्वाइस प्याक’ करसहित मात्र ९९ रुपैयाँमा लिन सक्छन्।
साताभरिका लागि डेटा, भ्वाइस र एसएमएस सेवा चाहिने ग्राहकले ९९ रुपैयाँमा २ जीबी डेटा, ४९ मिनेटको अल नेपाल कल र ९ अल नेपाल एसएमएस समावेश भएको सधैं अन प्याक लिन सक्छन्। यसैगरी डेटामात्र चाहने ग्राहकले १ सय ५० रुपैयाँमा १० जीबी उच्च गतिको मोबाइल डेटा ७ दिनसम्म प्रयोग गर्न सक्छन्।
यी प्याकहरूको प्रमुख विशेषता हरेक साता प्याक आफैं रिन्यु हुने व्यवस्था हो। जसले ग्राहकलाई बारम्बार प्याक लिनुपर्ने झन्झटबाट मुक्त बनाउने एनसेलको भनाइ छ।।
ग्राहकहरूले ८१२३८९३ डायल गरी एनसेल एपमार्फत वा एनसेलका आधिकारिक खुद्रा विक्रेता मार्फत यी प्याक लिन सक्छन्।
ग्राहकले आफ्नो आवश्यकता अनुसार सजिलै सेवा रोजी झन्झटरहित रूपमा प्रयोग गर्न सकिने बनाउँदै नयाँ प्याक सञ्चालनमा ल्याउन पाउँदा कम्पनी उत्साहित भएको एनसेलले जनाएको छ।
सेवा निर्वाध प्रयोग गर्न प्रत्येक ७ दिनको रिन्युअल अर्थात् नवीकरणको समयमा ग्राहकको मोबाइलको मेन ब्यालेन्समा आवश्यक ब्यालेन्स हुनुपर्ने कम्पनीले जनाएको छ।